भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको‌ अध्यक्षमा ४ जनाको दाबी – Sarangi News

लमजुङ । मध्यनेपाल नगरपालिका भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको‌ आगामी माघ ७ गते हुने नयाँ कार्यसमितिको‌ अध्यक्षका लागि ४ जनाले मनोनयन दर्ता गरेका छन् ।

अध्यक्ष पदका लागि बुद्धिबहादुर क्षेत्री, रामचन्द्र भट्टराई, शिवलाल श्रेष्ठ र रामकृष्ण कुँवरले उम्मेद्‍वारी दिएका छन् । यस्तै उपाध्यक्ष पदमा विमल जोशी, ज्ञानराज मल्ल, नरबहादुर दुरा, यशोदा न्यौपाने, विष्णुमाया घिमिरे र पूर्णिमादेवी रानाभाट घर्ती गरी  ६ जना, सचिव गेहबहादुर विक, पुण्यप्रसाद पौडेल, सरोज पौडेल र श्रीकान्त रेग्मी गरी पदमा ४ जना र कोषाध्यक्ष पदमा रमेश घिमिरे, आनन्द अधिकारी, सुकबहादुर विक र कुमबहादुर धिंगल गरी ४ जनाले उम्मेद्‍वारी दिएका छन् ।

सदस्य पदका लागि महिला सहित ७ जना बुद्धिबहादुर क्षेत्री, विकासराज पौडेल, प्रकाश न्यौपाने, मिनबहादुर भण्डारी, कल्पना विक, गीताकुमारी गुरुङ र रुपा नेपालीले उमेदवारी दर्ता गराएको निर्वाचन संयोजक रामकृष्ण घिमिरे, रणबहादुर न्यौपाने र ईश्वर अधिकारीले सारङ्गी न्युजलाई जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP