शनिबार , साउन १२, २०८१
महाशिवरात्रीको अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० देखी २९ सम्म। – Sarangi News

लमजुङ। महाशिवरात्रीको पावन अवसरमा करापुटार धार्मिक तथा साँस्कृतिक महोत्सव फाल्गुण २० गते देखी २९ गतेसम्म हुने भएको छ। पश्चिम लमजुङ मध्यनेपाल नगरपालिका ७ करापुटारको ईशाने स्वर महादेव अर्थात सन्तानेश्वर महादेव मन्दिर परिसरमा ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले पत्रकार सम्मेलन गरी आज धार्मिक तथा साँस्कृतिक महोत्सवको बारेमा सार्वजानिक गरेको हो।

उक्त कार्यक्रममा क्षेत्र बिकास समितिका अध्यक्ष राम चन्द्र घिमिरे “शास्त्री”ले बिगतका बर्षहरुमा झै नै पूजा आराधाना ठाडो बत्ती बाल्ने बसेर बत्ती बाल्ने लगायत दुध चढाउने कार्यक्रमहरु रहने बताएका छन। साथै भजन कृतन ठाडो भाका लगायतका कार्यक्रमहरु हुने बताए। अध्यक्ष शास्त्रीले क्षेत्र बिकास समितिले नगर्ने भनेर ठेकेदारलाई सुम्पिएको कुरा बाहिर हल्ला आएको हुनाले यो भ्रममा नपर्न आग्रह गर्दै यती फरक छ स्टलहरु बाहेक अन्यत्र क्षेत्रमा यसबर्ष कुनै दाँयाबाँया ब्यापार नहुने बताए अर्को कुरा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती र प्रतियोगिता हुनेछन फरक यती छ भन्नु भएको थियो। जहाँँ कार्यक्रमहरु हुनेछन त्यहाँ टिकट काटेर प्रवेश गर्नु पर्नेछ। विद्यार्थी र समुहमा आउनेलाई रु ५०, ७० र अन्यलाई रु १०० भएको महोत्सव क्षेत्र निर्धारित गरिएको समेत बताए।

महोत्सवको लक्ष्यहरु, लमजुङ जिल्लाको धार्मिक, जैविक एवं सौर्य विविधताको संरक्षण गरी समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यान्त्रिक उपकरण सामाग्रीहरुको प्रवर्द्धनमा टेवा पुयाउँदै विभिन्न जातजाति, वर्ग र समुदायकोबचि सद्भाव एंव भातृत्व अभिवृद्धि गरी जिल्लाको समग्र आर्थिक एंव सामाजिक समुन्नतिमा संगठित रुपले प्रयत्नशिल रहनु।

महोत्सवका दीर्घकालीन लक्ष्यहरु १. लमजुङ जिल्लाको जैविक, ऐतिहासिक, धार्मिक विविधताको संरक्षण गर्दै समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन एंव सांस्कृतिक यान्त्रिक उपकरण औजार प्रवर्द्धनमा टेवा पुयाउँदै जिल्ला भित्र आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षित गर्नु २. आन्तरिक उत्पादन बढाउन जिल्ला भित्रकै वित्तीय संस्थाहरुलाई परिचालन गरी स्थानीय श्रम बजारको संरक्षण गर्दै युवाहरुलाई स्वरोजगार बनाउने स्थानीय उत्पादनलाई उच्च प्राथमिकता दिइने।

महोत्सवका अल्पकालिन लक्ष्यहरु १. महोत्सवमा आन्तरिक र बाह्य दर्शकलाई बढी भन्दा बढी आकर्षित गरी लमजुङ जिल्लाको उत्पादन तथा यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक स्थलको प्रवर्द्धन गरी लमजुङ जिल्लामा अत्याधिक पर्यटक भित्र्याई जिल्लाको आर्थिक सामाजिक विकास गर्ने । २. विभिन्न किसिमका कृषि एवं औद्योगिक प्रदर्शनी मेला महोत्सव सन्चालन गर्न अस्थायी प्रदर्शनी स्थलको स्थापना एंव व्यवस्थापन गर्न।

महोत्सवको उद्देश्यहरु १. निर्यात योग्य वस्तुहरुको पहिचान एंव बजार प्रवर्द्धनमा पुयाउनु । २. विभिन्न औद्योगिक वस्तु तथा यान्त्रिक मेशिनहरु वस्तु तथा सेवाहरुको प्रदर्शनी एंव पहुँचमा वृद्धि गर्नु । ३. आदिवासी जनजातिका भाषा, धर्म, कला र संस्कृतिको माध्यमबाट आन्तरिक एंव बाहय पर्यटन प्रवर्द्धन गर्नु । ४. स्थानीय बस्तु तथा सेवाहरुको बजार प्रवर्द्धनका साथै उद्यमी एंव व्यवसायीहरुलाई प्रोत्साहन गर्नु ५. उत्पादक र उपभोक्तबीचको सम्बन्ध विस्तार एंव बजारको क्षमता वृद्धि गर्नु । ६. हस्तकला सम्बन्धी सीप व्यवसायको प्रवर्द्धन गर्नु । ७. व्यवसायिक चेतनामा अभिवृद्धि गर्नु । ८. राष्ट्रिय स्तरका कलाकारहरुबाट दैनिक कार्यक्रम प्रस्तुती। ९. भाषा र संस्कृतिको संरक्षण गर्ने मौलिकता जगेर्ना गर्नु। १०. स्थानीय श्रमको संरक्षण गरी जिल्लालाई स्वरोजगारमुखि बताउने । ११ सुचता र सन्चार प्रविधि बारे जानकारी गराउनु । १२ बजार अनुसन्धान तथा नयाँ वस्तु विकास गर्ने अवसरको सृजना गर्नु । १३. सुचना र प्रविधिबारे जानकारी गराउनु । १४ स्थानीय श्रमको संरक्षण गरी जिल्लालाई स्वरोजगारमुखी बनाउनु । १५. भाषा र संस्कृतिको संरक्षण गर्दै मौलिक संस्कृतिको जर्गेना गर्नु । १६. जिल्ला भित्र संचालनमा आउने कृषि एवं औद्यौगिक मेला महोत्सवलाई प्रवर्द्धन गर्ने । १७ शिक्षा तथा पर्यटनको आवश्यकताको पहिचान गरी प्रत्यक्ष सहयोग गर्ने साथै विभिन्न स्तरका विद्यार्थीहरुलाई सशक्तिकरण गर्दै सांस्कृतिक कार्यहरु मार्फत उनिहरुको प्रतिभा प्रस्फुटन गर्न विशेष भुमिका खेल्ने।

महोत्सवका आकर्षणहरु: १. औद्योगिक प्रदर्शनी तथा खरिद विक्रि । २. दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद विक्री । ३. ताजा तरकारी प्रदर्शनी तथा खरिद विक्री। ४. खाना, चमेनागृह र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका परिकारहरुको व्यवस्था । ५. मनोरन्जनको लागि बाल उद्यान / रमाइलो मेला । ६. चर्चित बालकलाकारहरु बिच दोहोरी गीत प्रतियोगिता एवं स्थानीय कलाकारहरुलाई प्राथमिकता । ७. आदीवासी जनजातिय भेषभुषा तथा संस्कृति झल्कने झाँकी र्याली विभिन्न कार्यक्रमहरुको प्रस्तुती । ८. सांस्कृतिक नृत्य प्रतियोगिता । ९. विभिन्न टेलिभिजन च्यानल, रेडियो तथा एफ.एम. बाट प्रसारण । १०. शैक्षिक सामाग्री, विज्ञान सामाग्रीहरु तथा प्रविधिहरुको प्रदर्शनी। ११. पुष्प प्रदर्शनी तथा बिक्री। १२. सांस्कृतिक पर्यटनका विशेष प्याकेज । १३. उद्योग, पर्यटन, शिक्षा र स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम । १४. जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान एवं विचार आदान-प्रदान । १५. उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था । १६. घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रदर्शन एवं विक्रि । १७. समग्र जिल्लाको वृत्तचित्र प्रदर्शनी आदी रहने बताएका थिए। भने छेलो प्रतियोगिता, भलिवल प्रतियोगिता, ठाडो भाका र भजनको गायन र प्रतियोगिता यहाँँको एेतिहासिक धार्मिक र सांस्कृतिक रुपमा प्राथमिकताको साथ हुने समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP