Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
जन्माष्टमीको अवसरमा आयोजित तिज गित प्रतियोगितामा नारायणी आमा समूह प्रथम – Sarangi News

भोर्लेटार। कृष्ण जन्माष्टमिको अवसरमा खुल्ला तिज गित प्रतोयोगितामा नारायणी आमा समूह रानीपानी प्रथम भएको छ। भोर्लेटारको दोभान डाँडा कृष्ण मन्दिर प्राङ्गणमा भएको कार्यक्रम श्री कृष्ण प्रणामी मन्दिर दोभान डाँडा र नव ज्योती आमा समुहको आयोजनामा भएको प्रतोयिगितामा ०८ टिमको सहभागिता रहेको थियो।

पुर्व महिला तथा वालबालिका मन्त्री, नेकपा माओवादी केन्द्रको सदस्य तथा लमजुङ ईन्चार्ज आशा कोइरालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रथम हुने नारायणी आमा समूह रानिपानीलाई नगद रु ७ हजार र प्रमाण पत्र , दोस्रो हुने शिवशक्ती ब्राम्हण समाज समूह रमबजारलाई नगद रु ५ हजार र प्रमाण पत्र तृतिय हुने जागृति आमा समूह पाखुरीचोकलाई रु ३ हजार र प्रमाण पत्र र सान्त्वना तर्फ इशानेस्वर शिक्षिका समूह र मेलमिलाप आमा समुह लामसोतीलाई रु १/१ हजार रुपैया बधाई सहित प्रमाण पत्र प्रदान गरेका थिए। त्यस्तै गरेर उत्कृष्ट नृत्य तर्फ नवज्योती आमा समुह र उत्कृष्ट भेषभुषामा कृष्ण प्रणामी समुह उत्कृष्ट शब्द रचनामा चेलिबेटी समूह भोर्लेटार प्राप्त गर्न सफल भएका थिए। पुरस्कार बितरण पश्चात प्रमुख अतिथी कोइरालाले यस्ता कार्यक्रमले आफ्न स्थानिय सस्कार संस्कृतिलाई जोगाउन मद्दत मात्र नभै महिला दिदी बहिनिहरुलाई थप उर्जावान क्रियाशिल बनाउने बताएका थिए। आगामी बर्षहरुमा समेत यस्ता कार्यक्रमले थप प्राथमिकता पाउन सकोस भनेका थिए।

भोर्लेटारमा अर्थात धुलपुरेमा हुने ५० औ बर्ष अगाडि देखि नै कृष्ण जन्माष्टीको दिन यसरी नै तिज र भजन गाएर रमाइलो गरिने यस कार्यक्रमले निरन्तरता पाएको र संस्कृतिलाई जोगाउन सफल भएकोमा भुतपुर्व शिक्षक रामकृष्ण घिमिरेले शुभकामना तथा मन्तव्यमा बताएका थिए।

कार्यक्रमको अन्त्यमा कृष्ण प्रणामीका अध्यक्ष गोपाल लमिछानेले पुरस्कार प्रायोजन गर्ने प्रायोजकहरु र प्रतियोगितामा सहभागी साथै बिजेता उपबीजेता सबैलाई बधाई दिँदै आगामी बर्षहरुमा पनि निरन्तरता दिने प्रतिवद्द्ता सहित यस मन्दिर र यस क्षेत्रको वरपर पार्क लगायत अन्य सेवा सुबिधाहरु सरकारी तथा निजि निकायहरुको सहयोग जुटाउदै थप बिस्तारित बनाउने बताएउदै कार्यक्रमको समापन गरेका थिए।

***************************************

https://www.tiktok.com/@rcghimire/video/7275706856268467463

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP