शनिबार , साउन १२, २०८१
मध्यनेपालकाे भोर्लेटारमा सहकारी र पसलहरुबाट करिब ७ लाख चाेरि – Sarangi News

लमजुङ भोर्लेटार। मध्यनेपाल नगरपालिका वडा नम्बर ६ भोर्लेटारमा हिजोराती लाली गुराँस सहकारि, सुप्रियाा फेस्नी पसल र भोर्लेटार बिज भण्डार तथा भुपु सैनिक किराना पसल चोरि भएको छ। लाली गुराँस सहकारिको ५ लाख ९३ हजार, सुप्रिया फेन्सी पसलको ७० हजार र भोर्लेटार बिज भण्डार तथा भुपु सैनिक किराना पसलको ११ हजार चोरि भएको पुष्टी भएको छ। घटनाको खबर प्राप्त गर्ने बित्तिकै ईलाका प्रहरि कार्यलय भोर्लेटारका प्रमुख ईन्स्पेक्टर लक्ष्मण पचभैयाका टोलि घटना स्थलहरुमा पुगेका थिए। घटनाको बारेमा अनुसन्धान गर्दा चोरहरु प्रोफेसनल चोर हुन सक्ने बाताएका छन। बुझ्दा स्थानिय सुराकी गर्ने सहयोगी चोरहरुको सहयोगमा चोरि भएको हुन सक्ने र लगभग रातको ११ बजे देखी १ बजेको आसपासमा चोरि गरिएको हुन सक्ने अनुमान ईन्स्पेक्टर पचभैयाले बताए। यस्ता कुनै सबुत प्रमाण नछोडी गर्ने यस्ता प्रोफेस्नल चोरहरु नियमित दैनिक चोरि गर्दैनन बर्षमा एक दुई पटक त्यो पनि एक ठाउमा गरेर फरार भए पश्चात त्यो ठाउमा फर्केर आउँदैनन भनी देशको बिभिन्न स्थानमा यस्ता चोरि भएको यस्तै घटनाको प्रकृतिहरुलाई देखाउदै हाम्रो अनुसन्धान जारी रहेको बताउनु भएको छ।


लाली गुराँस सहकारिको पैसा दैनिक बचतको पैसाहरु जम्मा गरिएको पैसा भएको मौका पारेर पैसा राखेको ड्रवर सहित कागजपत्र नै चोरि भएको सहकारि कर्मचारी शारदा भण्डारी बताउछन। कर्मचारी भन्डारीका अनुसार प्राईम बैकको दुई चार दिनबाट समस्या आएको हुनाले हामीले जम्मा गर्न सकेनौ र जम्मा गरिएन, साथै हामीले अध्यक्ष पेम लाल श्रेष्ठका घरमा राख्ने पनि गर्दथ्यौ तर वहाँ आँफै स्वयमा केही कामले काठमाण्डौ गएको बेलामा परेर त्यहाँ पनि राखेनौ त्यही मौका छोपेर नगद रु ५ लाख ९३ हजार लगभग पैसा निकालेर लगेको बाताए। बैकको खातामा दैनिक जम्मा गर्नुपर्ने सहकारिको सेयर र बचतकर्ताहरुको पैसा बैकमा जम्मा नगर्नु कर्मचारीको कमजोरी रहेको बचतकर्ताहरु बताउछन। कर्मचारी भण्डारीले बैकमा सिस्टम समस्या भनेपछी हामीले प्राइम बैकका हाकिम सुजन पौडेलसंग जानकारी लिंदा बैकको काम नै ठप्प हुनेगरी सिस्टम नबसेको कुरा स्पष्ट बताउनु भएको छ भने अब दैनिक जम्मा बचत पैसाहरु अध्यक्षको घरमा राख्ने कि, अफिसको ड्रवरमा राख्ने कि, या बैकमा नराखी कर्मचारीको खल्तिमा राख्ने, यस् घटनाले लाली गुराँस सहकारिको कर्मचारीको कमजोरी सहित सहकारिको समितिहरुको निगरानीमा कमजोरी मात्र होइन सहकारिलाई बिगतका घटनाहरुले र् अहिले आएको यो संकास्पद चोरिले प्रश्नै प्रश्नहरुले गाँजेको छ।

यस्तै गरेर सुप्रियाा फेन्सी पसलको लगभग ७० हजार चोरि भएको छ, चोरि यती सुनियोजित तरिकाले घरको पछाडिको ढोकाको ताला काटेर छिरेर पसलको सटर चाबी निकालेर एकदमै सजिलो तरिकाले त्यो पनि पैसा राखेको पर्स नै हेरेर चोरहरुले निकालेका छन घटनाको प्रकृति हेर्दा ति प्रोफेसन चोरहरूलाई सहयोग गर्ने वरपरका स्थानिय सहयोगी चोर हुन सक्ने सुप्रिया फेन्सी पसलका प्रदिप खड्काले हामीलाई बताउनु भएको छ।

अर्को भोर्लेटार बिजभन्डार तथा भुपु सैनिक किराना पसल सितारामा रानाभाटको उसै गरी सटरको चाबी काटेर सजिलै पैसा राख्ने दराजको ड्र्वर सहित लगभग ११ हजार पैसा लगिएको प्रहरी स्रोतका अनुसार खुल्न आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP