Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
लमजुङकाे लालिगुँराश सहकारीको ठगी मुद्दामा उच्च अदालतकाे यस्ताे फैसला – Sarangi News

सुरज गुरुङ

लमजुङ। मध्य नेपाल नगरपालिका स्थित लाली गुराँस बहुउद्देश्यीय सहकारिको मुद्दामा उच्च अदालत पाेखराले पुनरावेदन अदालतकाे फैसला सदर गरिदिएकाे छ ।

फैसला वादी अध्यक्ष प्रेमलाल श्रेष्ठ समेतको नेपाल सरकारलाई प्रतिवादी गीता रेग्मी पौडेललाई राखी दिएको मुद्दा मा.न्या.अनिल कुमार सिन्हा र मा.न्या. तिलप्रसादको ईजलाशमा सुप्रिम कोर्टले २०७९ साउन ५ गतेको पेशी विवरण अनुसार पुनरावेदनको फैसलाको सदर गर्दै अन्तिम आदेश मुद्दा अगाडि बढ्न अनुमती दिएन।

लालीगुराँश बहुउद्देश्यीय सहकारिले नि. ब्यवस्थापकको रुपमा मिती २०७० मंसिर १२ गतेबाट प्रतिवादी गीता रेग्मी पौडेललाई नियुक्ती दिएर राखेका थिए। नि.ब्यवस्थापकको रुपमा काम गर्दाको अवधी सो सस्थाको ११,९८,५६९।६५(एघार लाख अन्ठानब्बे हजार पाँच सय उनान्सत्तरी रुपैया पैसाठ्ठी पैसा) आर्थिक हिनामिना र ठगी गरेको आरोप थियो।

उक्त आरोपको प्रतिवादी पौडेलले गलत भएको भन्दै अध्यक्ष प्रेमलाल श्रेष्ठको चलखेल भन्दै  जिल्ला अदालत लमजुङमा पुगेका थिए।  जिल्ला न्यायधिश हरिश चन्द्र ढुंगानाको मिती २०७६ पौष २४ गतेको फैसला अनुसार हिनामिना गरेको ठहर गरेको थियो। तत्पश्चात गीता पौडेल सो मुद्दाको फैसला चित्त नबुझेपछी पुनरावेदन अदालत गण्डकी प्रदेश कास्कीमा २०७७ असोज २३ गते पुगेका थिए। पुनरावेदन अदालत कास्की पोखराको  मुख्य न्यायधिश श्री रमेश पोखरेल र  न्यायधिश श्री श्रीधरा कुमारी पुडासैनिको मिती २०७८ मंसिर २१ गतेको फैसलाले जिल्ला अदालत लमजुङको  न्यायधिस हरिश चन्द्र ढुंगानाको मिती २०७६ पौष २४ गतेको फैसला खारेज गरेको थियो।

उल्लेखित पुनरावेदन अदालतको फैसला लालीगुराँश बहुउद्देश्यीय सहकारिका अध्यक्ष प्रेमलाल श्रेष्ठले चित्त नबुझे पश्चात सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको देखिन्छ तर सर्वोच्च अदालतले पुनरावेदन अदालतको फैसलालाई नै सदर गरि मुद्दा खारेजी तथा अनुमती नदिएको प्राप्त विवरण अनुसार प्रष्ट देखिन्छ।

अदालतकाे फैसलाकाे पूर्ण विवरण

No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP