मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग – Sarangi News

भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नम्बर ९ को मतगणना त्रुटिपूर्ण भएको भन्दै नेकपा (एमाले) ले पुनः मतगणनाको माग गरेपछि गणना कार्य स्थगित भएको छ ।

नेकपा (एमाले) का तर्फबाट मेयर पदका उम्मेद्वार राजकुमार श्रेष्ठ र उपप्रमुख पदकी उम्मेद्वार सीता गुरुङले कल्याण मावि, बाङ्ग्रेबेसी र बालज्योति मावि, खलकछाप केन्द्रको मत पुनः मतगणनाका लागि संयुक्त रूपमा निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलसमक्ष निवेदन दिएका थिए । निर्वाचन अधिकृत भुर्तेलले निवेदन दर्ता गरेका छन् । अब कसरी अघि बढ्ने भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

निर्वाचन अधिकृतको कार्यालयले नेपाली काङ्ग्रेसका महेश पाण्डे ७ मतको अन्तरले वडाध्यक्ष पदमा विजय भएको घोषणा गरेको थियो । पाण्डेले ५१७ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण कुँवरले ५१० मत ल्याएका थिए । ११ ओटा सदर मतलाई पनि बदर गरिएको एमाले पक्षको आरोप छ ।

यसअघि मध्यनेपालको वडा नम्बर १ मा नेकपा एमालेका सुदिप थापासहितको प्यानल र १० मा नेपाली काङ्ग्रेसका रामचन्द्र भण्डारीसहितको प्यानल निर्वाचित भएका थिए । हाल वडा नम्बर २ र ९ को मतगणना भएकोमा ९ को अन्तिम नतिजा घोषणा भएको अवस्थामा पुनः गणनाको माग गरिएको हो । वडा नम्बर २ को अन्तिम नतिजा घोषणाको अन्तिम तयारी रहेको स्रोतले बताएको छ ।

यसअघि पनि प्रतिनिधिहरूको विषयलाई लिएर गणना कार्य करिब १ घन्टा स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP