Trend
अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||   साहित्यकार रानाभाट र गायक पौडेल अब व्यवसायी पनि  ||  
आइतबार , भाद्र २१, २०८३
मतगणना त्रुटिपूर्ण भएको भन्दै मध्यनेपालको वडा नम्बर ९ मा पुनः गणना गर्न माग – Sarangi News

भोर्लेटार । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नम्बर ९ को मतगणना त्रुटिपूर्ण भएको भन्दै नेकपा (एमाले) ले पुनः मतगणनाको माग गरेपछि गणना कार्य स्थगित भएको छ ।

नेकपा (एमाले) का तर्फबाट मेयर पदका उम्मेद्वार राजकुमार श्रेष्ठ र उपप्रमुख पदकी उम्मेद्वार सीता गुरुङले कल्याण मावि, बाङ्ग्रेबेसी र बालज्योति मावि, खलकछाप केन्द्रको मत पुनः मतगणनाका लागि संयुक्त रूपमा निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलसमक्ष निवेदन दिएका थिए । निर्वाचन अधिकृत भुर्तेलले निवेदन दर्ता गरेका छन् । अब कसरी अघि बढ्ने भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

निर्वाचन अधिकृतको कार्यालयले नेपाली काङ्ग्रेसका महेश पाण्डे ७ मतको अन्तरले वडाध्यक्ष पदमा विजय भएको घोषणा गरेको थियो । पाण्डेले ५१७ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण कुँवरले ५१० मत ल्याएका थिए । ११ ओटा सदर मतलाई पनि बदर गरिएको एमाले पक्षको आरोप छ ।

यसअघि मध्यनेपालको वडा नम्बर १ मा नेकपा एमालेका सुदिप थापासहितको प्यानल र १० मा नेपाली काङ्ग्रेसका रामचन्द्र भण्डारीसहितको प्यानल निर्वाचित भएका थिए । हाल वडा नम्बर २ र ९ को मतगणना भएकोमा ९ को अन्तिम नतिजा घोषणा भएको अवस्थामा पुनः गणनाको माग गरिएको हो । वडा नम्बर २ को अन्तिम नतिजा घोषणाको अन्तिम तयारी रहेको स्रोतले बताएको छ ।

यसअघि पनि प्रतिनिधिहरूको विषयलाई लिएर गणना कार्य करिब १ घन्टा स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।

सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।

भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।

कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग

मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल


TOP