पोखराका मन्दिप अधिकारीलाई  अमेरिकाको युनिभर्सिटीको पूर्ण छात्रवृत्ति – Sarangi News

पोखरा । संयुक्त राज्य अमेरिकाको मिसिसिपी राज्यअन्तर्गत रहेको द युनिभर्सिटी  अफ साउथर्न मिसिसिपीले पोखराका मन्दिप अधिकारीलाई  पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

युनिभर्सिटीले मन्दिप अधिकारीलाई  कम्प्युटर साइन्समा स्नातक तह अध्ययनका लागि पूर्ण छात्रवृत्तिको साथ साथै खान बस्नका लागि पनि  सुविधा  प्रदान गरेको हो ।

पोखरा महानगरपालिका हेम्जा सुइँखेतका बासिन्दा उनी पूर्णबहादुर अधिकारी र मैया तिमिल्सिनाका सुपुत्र हुन् । मन्दिपले ज्ञानसागर एकेडेमी हेम्जाबाट एसइई पास गरेका हुन् भने  कक्षा १२ सम्मको अध्ययन गण्डकी बोर्डिङ स्कुल, लामाचौर पोखराबाट पुरा गरेका हुन् ।

आउँदो अगष्ट महिनामा उनी अध्यायनका लागि अमेरिका प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP