Trend
थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||  
शनिबार , साउन २३, २०८३
जिताकोटको रनिङ्ग शिल्ड गन्ने एफ सि पोखराको पोल्टामा। – Sarangi News

लमजुङ। बिष्णु बहादुर गुरुङ एण्ड मन्जाबहदुर गुरुङ रनिङ शिल्ड गन्ने एफ सि पोखराको पोल्टामा परेको छ। गन्ने एफ सिले ४ गोलका बिरुद्द सुन्दरबजारलाई ०२ गोलले पराजित गरेको थियो। ३८ टिमको सहभागिता रहेको साउन दुई गतेबाट सन्चालित खेल आज सम्पन्न भएको छ।

बिजेता टिम गन्ने एफ सी पोखराले १ लाख १५ हजार सहित १ सय तोला बराबरको चाँदीको ट्रफी, मेडल र प्रमाणप्राप्त गरेका छन भने उपबिजेता टिम सुन्दरबजारले ७० हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

जिताकोट गोल्डेन फ्युचर युथ क्लब द्वारा आयोजित चालिसौ साउने सक्रान्तीको अबसरमा आज फाइनल खेल नगर उपप्रमुख सीता गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। प्रथम दित्तिय तथा सान्त्वना बिजेताहरुलाई प्रमुख अतिथी गुरुङले ट्रफी मेडल बितरण गर्दै बधाई दिनु भएको थियो। उत्कृष्ट खेलाडी अनुज भन्डारी गन्ने एफ सि पोखराले प्राप्त गरेको छ। सर्वाधिक गोल कर्ता रोशन क्षेत्री केवाईसी खमारीबोट खेल भरमा १० गोल गरेका थिए। उत्कृष्ट टिमको उपाधी १० हजार सहित केवाइसी खमारीबोटले प्राप्त गरेका छन। उत्कृष्ट गोल रक्षक गन्ने एफ सिका आकाश रानाभाटले प्राप्त गर्न सफल बनेका थिए।

समापन कार्यक्रममा बिशेष अतिथी मध्यनेपाल नगरपालिका वडा नं ६ को वडा अध्यक्ष बिष्णु भक्त पौडेल, वडा न १ को वडा अध्यक्ष सुदिप थापा लगायत वडा सदस्य सन्त बहादुर गुरुङ लगायत विभिन्न राजनैती दलका नेता तथा समाज सेविहरुको उपस्थिती रहेको थियो।

पहिलो सेमि फाइनलमा बिवाईसी भोटेवडार र सुन्दरबजार एफ सि बिच भएको थियो।बिवाईसि भोटेवडारलाई सुन्दरबजारले शुन्यका बिरुद्द एक गोल गर्दै फाईलमा प्रवेश गरेको थियो। त्यस्तै दोस्रो सेमि फाईनलमा गन्ने एफ सि पोखरा र केवाईसी खमारीबोट बिच अत्यन्तै प्रतिष्पर्धा रहेको थियो खेलको शुरु देखि दुई गोल गरेर अगाडि रहेको खमारी बोटले दोस्रो हाल्फको खेल पश्चात् बचाउन सकेन लगभग खेल सकिन ५/७ मिनेट समय रहदा दुई मिनेटको समय भित्र गन्ने एफ सिले खमारीबोटलाई दुई गोल गर्दै बराबरीमा पुर्यायो। अन्ततः पेनाल्टीमा गन्ने एफ सीले गोल रक्षा गर्ने सफल रहे र फाईनलमा प्रवेश गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP