Trend
भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई  ||   साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||  
शनिबार , साउन ३२, २०८२
जिताकोटको रनिङ्ग शिल्ड गन्ने एफ सि पोखराको पोल्टामा। – Sarangi News

लमजुङ। बिष्णु बहादुर गुरुङ एण्ड मन्जाबहदुर गुरुङ रनिङ शिल्ड गन्ने एफ सि पोखराको पोल्टामा परेको छ। गन्ने एफ सिले ४ गोलका बिरुद्द सुन्दरबजारलाई ०२ गोलले पराजित गरेको थियो। ३८ टिमको सहभागिता रहेको साउन दुई गतेबाट सन्चालित खेल आज सम्पन्न भएको छ।

बिजेता टिम गन्ने एफ सी पोखराले १ लाख १५ हजार सहित १ सय तोला बराबरको चाँदीको ट्रफी, मेडल र प्रमाणप्राप्त गरेका छन भने उपबिजेता टिम सुन्दरबजारले ७० हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

जिताकोट गोल्डेन फ्युचर युथ क्लब द्वारा आयोजित चालिसौ साउने सक्रान्तीको अबसरमा आज फाइनल खेल नगर उपप्रमुख सीता गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। प्रथम दित्तिय तथा सान्त्वना बिजेताहरुलाई प्रमुख अतिथी गुरुङले ट्रफी मेडल बितरण गर्दै बधाई दिनु भएको थियो। उत्कृष्ट खेलाडी अनुज भन्डारी गन्ने एफ सि पोखराले प्राप्त गरेको छ। सर्वाधिक गोल कर्ता रोशन क्षेत्री केवाईसी खमारीबोट खेल भरमा १० गोल गरेका थिए। उत्कृष्ट टिमको उपाधी १० हजार सहित केवाइसी खमारीबोटले प्राप्त गरेका छन। उत्कृष्ट गोल रक्षक गन्ने एफ सिका आकाश रानाभाटले प्राप्त गर्न सफल बनेका थिए।

समापन कार्यक्रममा बिशेष अतिथी मध्यनेपाल नगरपालिका वडा नं ६ को वडा अध्यक्ष बिष्णु भक्त पौडेल, वडा न १ को वडा अध्यक्ष सुदिप थापा लगायत वडा सदस्य सन्त बहादुर गुरुङ लगायत विभिन्न राजनैती दलका नेता तथा समाज सेविहरुको उपस्थिती रहेको थियो।

पहिलो सेमि फाइनलमा बिवाईसी भोटेवडार र सुन्दरबजार एफ सि बिच भएको थियो।बिवाईसि भोटेवडारलाई सुन्दरबजारले शुन्यका बिरुद्द एक गोल गर्दै फाईलमा प्रवेश गरेको थियो। त्यस्तै दोस्रो सेमि फाईनलमा गन्ने एफ सि पोखरा र केवाईसी खमारीबोट बिच अत्यन्तै प्रतिष्पर्धा रहेको थियो खेलको शुरु देखि दुई गोल गरेर अगाडि रहेको खमारी बोटले दोस्रो हाल्फको खेल पश्चात् बचाउन सकेन लगभग खेल सकिन ५/७ मिनेट समय रहदा दुई मिनेटको समय भित्र गन्ने एफ सिले खमारीबोटलाई दुई गोल गर्दै बराबरीमा पुर्यायो। अन्ततः पेनाल्टीमा गन्ने एफ सीले गोल रक्षा गर्ने सफल रहे र फाईनलमा प्रवेश गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP