Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
रेडक्रसको कविता प्रतियोगितामा दीपशिखा पहिलो – Sarangi News

पोखरा, फागुन १६ गते । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा सनफ्लावर बोर्डिङ स्कुल, पोखरा–२, अर्चलबोटमा क्रियाशील जुनियर रेडक्रस सर्कलको व्यवस्थापनमा शनिवार पोखरामा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
जम्मा १३ जनाको सहभागिता रहेको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री प्रथम भएकी छन् । त्यसै गरी ज्ञानसागर एकेडेमीकी रोजिना अधिकारी द्वितीय, सिर्जना आवासीय माविका विवेक सुनार तृतीय तथा छोरेपाटन माविकी श्रवणा दाहाल र होलीमाउन्ड बोर्डिङ स्कुलकी अनुस्का ढकाल सान्त्वना स्थान प्राप्त गर्न सफल भए । प्रतियोगिताका निर्णायकहरूमा कार्यमूलक नेपाली व्याकरण, बोध तथा अभिव्यक्तिका लेखक बाबुराम सुवेदी, साहित्यकार रुपिन्द्र प्रभावी र डिल्लीराम बराल रहेका थिए ।
जुनियर रेडक्रस सर्कल, सनफ्लावर बोर्डिङ स्कुलकी अध्यक्ष समष्टि पौडेलको अध्यतामा भएको कार्यक्रममको नेपाल रेडक्रस सोसाइटी, कास्कीका निवर्तमान अध्यक्ष डण्डराज शर्माले उद्घाटन गरेका थिए । शर्माले रेडक्रस विपत्को मात्र साथी नभई चेतनाको संवाहक पनि भएको बताए । विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्नका लागि रेडक्रसले विविध गतिविधि सञ्चालन गर्दै आएको भन्दै शर्माले कास्की शाखाको कार्य देशभरकै लागि उदाहरणीय रहेको धारणा राखे ।
कार्यक्रममा कास्कीका शाखाका उपमन्त्री तथा जुनियर युवा संयोजक डिल्लीराम बरालले रेडक्रसले विद्यार्थीको प्रतिभा उजागर हुने किसिमका विविध कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा सनफ्लावर बोर्डिङ स्कुलका निर्देशक दीपक शाहको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरू अनिसा खनाल र ईशा खत्रीले गरेका थिए । विजेताहरूलाई जिल्ला सदस्य सूर्यप्रसाद तिमिल्सिना ‘पालुवा’, विद्यालयका प्रिन्सिपल अमर माइकल गुरुङ, शिक्षक नायक सचिन पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP