Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बालकविताः माकुरो र जाल – Sarangi News

माकुरो र जाल (बालकविता)

   – नरिश्वर गौतम

हिजोसम्म केही थिएन, के भो एकै रातमा
धागो हो कि के बेरियो लौन मेरो हातमा ।।
कसले बेर्यो होला यस्तो भएँ म झसङ्ग
धागो छोडी भागेछ कि आकाशतिर चङ्गा? 
न त डोरी न हो धागो न हो कुनै झाल
मलाई नै पार्ने गरी कसले थाप्यो जाल?
आत्तिएर फुकाएँ हात यताउता हेर्दै
अलिकति पछि हटी हेरेँ छक्क पर्दै ।।
मुखैभरि जेलिएछ सेतै भएछ कपाल
माथितिर हेरेको त कति राम्रो रुमाल ।।
कसले बुन्यो होला यस्तो के हो खास कुरो 
रुमाल फिजाई सुतेको पो रहेछ माकुरो ।।
उठाउन खोजेँ उसलाई बजाएर ताली
थाहै नदिई बाटोघाटो किन राख्यौ जाली?
ठूला ठूला आँखा पार्दै भन्यो माकुराले
मेरो निद्रा खलबलायौ भन के कुराले? 
यो त मेरो आफ्नै घर हो बनाएको मैले
हिजो राती बनाएको थाहा पायौ अहिले? 
सत्य कुरा भनेँ मैले होइन कुनै ख्याल
निकालेर बनाएको आफ्नै मुखको र्याल ।।
उ्डदै आए पुतली फसे त्यही जालमा
कुरिरहेथ्यो माकुरो आफ्नै मस्त चालमा
समाएर पुतलीलाई हेर्दाहेर्दै निल्यो
भन्छ अझ -बल्ल आज मीठो खाना मिल्यो ।।
घर पनि जाल रहेछ पासो पनि जाल
यताउता हिँड्दा सधैँ गर्नु राम्रो ख्याल
माकुराको चाल देखी छक्क परेँ म त
यस्तो चलाख सिपालु अरु कुनै छ त ?
————–
लेखकको फेसबुक लिङ्कका लागि यहाँ  थिच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP