Trend
शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   श्रावण महिनाको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा ८० हजार दान संकलन।  ||   हरित विद्यालयसम्बन्धी गण्डकी प्रदेशस्तरीय तालिम पोखरामा  ||   जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।  ||   मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल  ||   पूर्वप्रधानाध्यापक भण्डारीद्वारा वेद-वेदाङ्गका विद्यार्थीलाई शैक्षिक सामग्री  ||   गीतकार प्रतिष्ठानद्वारा नवगठित गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई बधाई र शुभकामना  ||   श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||  
बिहिबार , साउन ७, २०८३
आर्य आयुषाका तीन गजल : स्वयम् बिर्सिएरै तिमी सम्झिदिन्छु ! – Sarangi News

गजल

भए नि फाइदा भए नि हानी उसैको रहेछ।
रचायो जसले यो जिन्दगानी उसैको रहेछ।

बेहोशीपनमैं केवल म नक्कल उतार्दै रहेछु,
हसाउँने बानी रुवाउने बानी उसैको रहेछ।

कहाँ रुने हो,कहाँ हो हाँस्ने उसैमा छ निर्भर,
म पात्र केबल सबै कहानी उसैको रहेछ।

सुतेको धर्ती ओढेको आकाश न तेरो न मेरो,
यो सृष्टि रच्ने सबै लगानी उसैको रहेछ।


ll२ll
लाचार नेत्र दिनहुँ मन पिल्सिएको हेर्छ।
छाती चिता र सपना मुर्दा बनेको हेर्छ ।

कसको निमित्त हाँसो माग्दो हो आफु रोइ,
हररात एक प्रेमी तारा खसेको हेर्छ।

पर्खाइ बुझ्नलाई साँच्चै के हेर्छ होला,
जीवनको अर्थ बुझ्न खोला बगेको हेर्छ।

‘पिजडा’ र ‘वास्तविकता’ सारा भुलेर एकछिन,
मनको ‘सुगा’ गगनमा आफैं उडेको हेर्छ।

आशा हुँदोरहेछ एकमुठ्ठी सास छञ्जेल,
खुट्टाले भैगो भन्छ, आँखाले टेको हेर्छ।


ll३ll
स्वयम् बिर्सिएरै तिमी सम्झिदिन्छु।
मेरो हौ भनेरै तिमी सम्झिदिन्छु।

बनाएँ बहाना गरेँ भुल्ने कोसिस,
अहो!कत्ति धेरै तिमी सम्झिदिन्छु।

हिजो झैँ यो दिन नि रोएरै त बित्ला,
सबेरै सबेरै तिमी सम्झिदिन्छु ।

भुलेको छु आफ्ना भुलेको छु दुनियाँ ,
जहाँ जत्तिखेरै तिमी सम्झिदिन्छु ।

 

सिन्दुपाल्चाेक 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP