Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
लघुकथा : सुन्दरताको रहस्य – Sarangi News

सुन्दरताको रहस्य (लघुकथा)

                                  – रमेशचन्द्र घिमिरे


`तिमीलाई आफ्नो सौन्दर्यमा घमन्ड लाग्दैन ?´ मुसुक्क मुस्कुराइरहेको गुलाफको फूललाई देखेर भमराले सोध्यो ।
`म मेरो मात्रै कारणले सुन्दर भएको होइन । मलाई सुन्दर ज-जसले बनाए तिनलाई म सम्झिन्छु । तिनलाई नसम्झीकन मैले घमन्ड गर्न सुहाउँदैन ।´ गुलाफको फूलले उत्तर दियो ।
भमराः ‘तिमीलाई पानीले सुन्दर बनायो हो ? जसको सिञ्चनले तिमी यति राम्रो भयौ ।’

गुलाफः ‘त्यो त ठिक हो, तर अरूलाई पनि सम्झन्छु ।’
भमराः ‘तिमीलाई घामले सुन्दर बनायो जसले तिमीलाई टल्कायो अनि शरीरमा भएको पानी सोस्यो ।’
गुलाफः ‘यो पनि ठिक हो तर अरू पनि छन् ।’
भमराः ‘तिमीलाई हावाले सुन्दर बनायो जसले तिमीलाई हल्लाइदिन्छ अनि तिमी नर्तकी जस्ता देखिन्छौ ।’
गुलाफः ‘तिम्रो उत्तर सही नै छ, तर अरूलाई पनि सम्झन्छु ।’


भमराः ‘तिमीलाई प्रकाशले सुन्दर बनायो जसले तिमीलाई सबैका सामु उज्यालो पारेर देखाइदिन्छ । अँध्यारो भएको भए तिमीलाई कसले देख्थ्यो र ?’

गुलाफः ‘तिम्रा उत्तर बेठिक छैनन्, अरू पनि भन्दै जाऊ।’

भमराः ‘तिमीलाई माटो अनि मलजलले सुन्दर बनाएको हो जसको कारण तिम्रो बोट उभिन पायो अनि तिमी बढ्न, हुर्कन र फक्रन सक्यौ ।’

गुलाफः तिमी ठीक भन्दैछौ । के मेरो सुन्दरताको रहस्य यति मात्रै हो त ?’

गुलाफको प्रश्नको थप उत्तर भमराले भन्न सकेन र चुप लागिरह्यो

उत्तर नआएपछि गुलाफ आफैले पुनः जवाफ दियो,’मेरो सुन्दरताको पछाडि काँडाको पनि हात छ किनभने यो काँडा नहुँदो हो त मेरो सुन्दर रूपलाई ठुँगेर तिमीजस्ता भमराले उहिल्यै कुरूप बनाइसक्थ्यौ ।

*******************************

२०८०/०५/२१

भोर्लेटार, लमजुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP