Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
सुनिता प्रतिबिम्बको कविता- मेरो अभिमत – Sarangi News

मेरो अभिमत

                – सुनिता प्रतिबिम्ब

जिन्दावाद/मुर्दावाद

भोट यता/भोट उता

यो गर्छौं/ऊ गर्छौँ

यस्तै यस्तै,

भाषणले गुञ्जायमान थिए

गाउँ, बस्ती र सहर ।

अनि मेरो देश रङ्गिँदै थियो

अनेक दिवास्वप्नहरूले,

चुनावी महासङ्ग्राममा

आफूतिरै नतिजा ल्याउन

लागिपरेका थिए सबै  ।

 

ठिक त्यति नै बेला

म थिएँ अन्तर्राष्ट्रिय विमानको ढोकामा,

टाल्न नसकी स्वदेशमा

फाटेको जिन्दगीका रहरहरू

परदेशीको गोडा मल्न

लिएर गह्रौँ ज्यान

बोकेर गहभरि आँसु

बिछोडिँदै प्रियजनसँग

भुइँ छोड्नै लागेको थिएँ ।

 

कुनै साइनो र सम्बन्ध थिएन

नेताजीहरूका आश्वासन र

फाटेको मेरो जिन्दगीबिच

किनकि

तिनका कुराले

भिज्दैनथ्यो मेरो जिन्दगीको च्युरा ।

ए नेताज्यू !

एक भोट दिन त असमर्थ भएँ यसपाली

तर,

एउटा आशा बोकेर जाँदै छु

तपाईंका आश्वासन

विगतका जस्तै झुट नबनून्

अबको छुट्टीमा आउँदा

‘म’हरूले आफ्नै देशमा केही गर्न पाइयोस् र,

फेरि एयरपोर्टको ढोकामा टेक्नु नपरोस् ।

अनि जिन्दगीको अन्तिमसम्म

दिन पाइयोस् तपाईंहरूलाई अमूल्य भोट ।

                                   बुटवल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP