Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम – Sarangi News

पोखरा, चैत २४ गते । एक घर एक प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी ,कास्कीको जुनियर तथा युवा समितिको आयोजना तथा जुनियर रेडक्रस सर्कल, ओएसिस सेकेन्डरी स्कुल,  पोखरा २६ को व्यवस्थापनमा प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकाभित्रका विद्यालयलाई लक्षित गरी आयोजना गरिएको तालिममा तालिम संयोजक नवराज भण्डारी र मित्रलाल सुवेदीले सहजीकरण गरेका थिए । तालिममा प्राथमिक उपचारको महत्त्व, अर्थ, परिभाषा, घाइतेको जाँच, बेहोस र यसको प्राथमिक उपचार,  रक्तश्राव नियन्त्रण, हाडभँचाइ, सर्प तथा विभिन्न जनावरको टोकाइ, घाउ तथा पट्टीहरू, ओसारपसारसँगै स्टेचर निर्माणलगायतका विषयवस्तुलाई प्राथमिकतासहित तालिम सञ्चालन गरिएको  थियो । तालिममा कास्कीका १३ वटा विद्यालयका २६ जना  सहभागी रहेका थिए ।

जुनियर रेडक्रस सर्कल, ओएसिस सेकेन्डरी स्कुलका अध्यक्ष कञ्चन गौतमको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीले जुनियर तथा युवाहरूलाई प्रदान गरिएको प्राथमिक उपचार तालिमले समुदाय तथा विद्यालयमा हुन सक्ने दुर्घटनामा जोखिम कम हुने साथै भइहालेमा तत्काल प्राथमिक उपचार गरी जीवन रक्षामा सहयोग विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा जुनियर तथा युवा समितिका संयोजक एवम् कास्की शाखाका उपमन्त्री डिल्लीराम बरालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै जुनियर रेडक्रसहरूलाई लक्षित गरी विभिन्न सचेतनामूलक तथा उत्प्रेरणामूलक गतिविधिअन्तर्गत प्राथमिक उपचारको तालिम जस्ता सिपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

विद्यालयमा  दक्ष स्वयम् सेवकहरू उत्पादन गर्न सकेमा समुदायमा हुने दुर्घटना तथा सडक  दुर्घटनाबाट हुन सक्ने जोखिम कमी ल्याउन सकिने कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले बताए ।

विद्यालयमा हुन सक्ने दुर्घटनामा तत्काल प्राथमिक उपचार गरी अस्पतालसम्म लगेमा जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका रहने एन. प्याब्सन, कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए ।

तालिममा सहभागीका तर्फबाट मनिष पौडेल र सविजा पुरीले अनुभव सुनाएका थिए । रेडक्रसका सात सिद्धान्त कृपा रानाभाट गरेकी थिइन् भने स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक हेम रानाभाटले र सञ्चालन शिक्षक नायक सुविन तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP