Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
माया चालिसेको कविता : यी अवोध लालाबालाहरु…! – Sarangi News

माया चालिसेको कविता : यी अवोध लालाबालाहरु…!

मेरो सम्बन्ध त समाजसंगको थियो र भयो,
र त मैले समाजको लागि केही गर्नु थियो
र पनि बैसका पखेटाहरु काट्न बाध्य हुनुपर्यो।
यी बैसका फूलहरु घरका गमलाहरुमा
मात्रै सजिन्थे,
मात्र यिनै गमलाहरुमा
फूलहरु सार्न मलजल गर्नलाई भएपनि!
यिनलाई फराकिलो आकाश देखाउनुछ मलाई।

यी मेरा कलिला मुनाहरुका लागि भएपनि बाच्नु छ मैले।
आफूमा सियो उनेर भएपनि फुलाउनु छ यिनलाई।
मान्छेहरु साच्चै गुलाफको फूल मात्रै हेर्छन,
तर मेरो दृष्टि त यी पालुवालाई दिनुछ!
आकार दिनुछ यी निर्दोष बालालाई,
यिनीहरुका माली मलाई हामीलाई छोडेर दुर गएका छन्!
जुन उमेरमा हुनुपर्ने र बटुल्न पर्ने अनुभव बटुल्न पाईन मैले!
मेरो सौभाग्य खोसियो।
उम्लिरहेको बैसलाई सम्हाल्नु छ पक्कै मैले!

यिनै लालाबालाका लागि एउटा यी अवोध लालाबालाहरु…!
मेरो सम्बन्ध त समाजसंगको थियो र भयो
र त मैले समाजको लागि केही गर्नु थियो
र पनि बैसका पखेटाहरु काट्न बाध्य हुनुपर्यो
यी बैसका फूलका घरका गमलाहरुमा
मात्रै सजिन्थे,मात्र यिनै गमलाहरुमा
फूलहरु सार्न मलजल गर्नलाई भएपनि!
यिनलाई फराकिलो आकाश देखाउनुछ मलाई।
यी मेरा कलिला मुनाहरुका लागि भएपनि बाच्नु छ मैले।
आफूमा सियो उनेर भएपनि फुलाउनु छ यिनलाई।
मान्छेहरु साच्चै गुलाफको फूल मात्रै हेर्छन
तर मेरो दृष्टि त यी पालुवालाई दिनुछ!
आकार दिनुछ यी निर्दोष बालालाई,
यिनीहरुका माली मलाई हामीलाई छोडेर दुर गएका छन्!
जुन उमेरमा हुनुपर्ने र बटुल्न पर्ने अनुभव बटुल्न पाईन मैले!
मेरो सौभाग्य खोसियो।

उम्लिरहेको बैसलाई सम्हाल्नु छ पक्कै मैले!
यिनै लालाबालाका लागि एउटा दरिलो खम्बा बनेर जीउनु छ मैले!
यिनै लालाबालाका लागि।
बोली पनि तौली तौली बोल्नुछ,
कहिल्यै विचलित हुनु र देखिनु छैन म।
कहिल्यै सुखको अनुभव गर्न पाईन मैले,
सधै खोजीरहे आफूमा सौन्दर्यता!
सधै खोजीरहे हराएको सौभाग्य!
मेरो प्रेम,सौन्दर्य सबथोक यी लालाबालाहरुमै सिमित रह्यो,रहिरहने छ।
म सागर झै शान्त र सगरमाथा झै अडिग हुनुछ।

मैले हिडिरहेको बाटो बिराउनु पनि छैन,
पाईलाभरि तिमीहरुलाई लिएर हिड्नुछ
केही अमिट स्मृति पनि लिएर हिड्नुछ,
जिन्दगीभर हरपल हरक्षण।
मलाई जिउनुछ एउटा सरल मान्छे भएर
मलाई एक्ली महसुस हुन दिनेछैनन्!
मेरा यी लालाबालाहरुले!
म सन्तुष्टि छु र हुनेछु सदैव
जीवनको साथर्कता खोज्दै उज्यालो भविष्य खोज्नुछ!बास् खोजीरहनुछ!!!!
खम्बा बनेर जीउनु छ मैले!
यिनै लालाबालाका लागि।
बोली पनि तौली तौली बोल्नुछ,
कहिल्यै विचलित हुनु र देखिनु छैन म।
कहिल्यै सुखको अनुभव गर्न पाईन मैले,
सधै खोजीरहे आफूमा सौन्दर्यता!
सधै खोजीरहे हराएको सौभाग्य!
मेरो प्रेम,सौन्दर्य सबथोक यी लालाबालाहरुमै सिमित रह्यो,रहिरहने छ।
म सागर झै शान्त र सगरमाथा झै अडिग हुनुछ।

मैले हिडिरहेको बाटो बिराउनु पनि छैन,
पाईलाभरि तिमीहरुलाई लिएर हिड्नुछ
केही अमिट स्मृति पनि लिएर हिड्नुछ,
जिन्दगीभर हरपल हरक्षण।
मलाई जिउनुछ एउटा सरल मान्छे भएर
मलाई एक्ली महसुस हुन दिनेछैनन्!
मेरा यी लालाबालाहरुले!
म सन्तुष्टि छु र हुनेछु सदैव
जीवनको साथर्कता खोज्दै उज्यालो भविष्य खोज्नुछ!
बास खोजीरहनुछ!

गलकोट बागलुङ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP