Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
बाल गीतिकविताः बाल भावना – Sarangi News

बाल भावना (बाल गीतिकविता)

         –बिमुन्स पौडेल

साना साना हात मेरा लेख्छन् सानै कुरा

साना कुरा भन्नू बाबा हुन्छन् हुन्नन् पूरा

सपनाको संसारमा रमाउने सोच

हिँड्न लाग्यो किन बाबा भेटिएको खोँच

 

पढ्ने अनि ठूलो मान्छे बन्ने भनेको हो

पढ्न भन्दै कति पैसा छन्छन् गनेको हो

यस्तै आशा हजार छन् पूरा हुन्छन् हुन्नन्

हाम्रा आँसु झर्दा तिनका मुटु किन छुन्नन्

 

अँध्यारोमा आँखा छोप चाहे खोल तिमी

साना-साना बालकको गीत बोल तिमी

दुःखी हुन्छन् कैयौँ मान्छे तिम्रो कारणले

यही बुझी सधैँ हिँड्नु धैर्य धारणले

 

मैले सानो मगजले यति कुरा भनेँ

सधैँ खुशी बन्ने आशा राखी सुख गनेँ

बाबा आमा जे जे भन्नु हुन्छ बस्छु सुनी

गर्न सके केही काम गर्छु भित्र गुनी।।

 

मेरो पनि हेरचाह गर्नुहुन्छ आमा

कुनै दिन आई मायाँ दिनुहुन्छ मामा

बाबा चिन्ता गर्दे पढ भन्नुहुन्छ हेर

समयको गति बढ्छ फाल्नु हुन्न खेर

***********************

पोखरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP