गिन्ती छैन जिन्दगीमा कति रोएँ कति रोएँ
परेलीको तलाउले मैलिएको दिल धोएँ।
सुख भन्नु मेरा लागि एका देशको कथा भयो
भित्री आत्मा मरी सक्यो शरीर मात्र बाँकी रह्यो
हिँड्नखोज्छु संहालिई पाउ अन्तैटेकी रहेँ
गिन्ती छैन जिन्दगीमा कति रोएँ कति रोएँ।
च्यातिएको मन कठै टाली टाली बाँचेको छु
बेदनाको बर्को ओढी बाहिर बाहिर हाँसेको छु
अमृतका बोत्त्तलमा बिष कति छोएँ छोएँ
गिन्ती छैन जिन्दगीमा कति रोएँ कति रोएँ।
नामसालिंग इलाम