Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
बालकुमारी घिमिरे ‘गजलिका’को गीत-जिन्दगीमा कति रोएँ ! – Sarangi News

 

गिन्ती छैन जिन्दगीमा कति रोएँ कति रोएँ
परेलीको तलाउले मैलिएको दिल धोएँ।

सुख भन्नु मेरा लागि एका देशको कथा भयो
भित्री आत्मा मरी सक्यो शरीर मात्र बाँकी रह्यो
हिँड्नखोज्छु संहालिई पाउ अन्तैटेकी रहेँ
गिन्ती छैन जिन्दगीमा कति रोएँ कति रोएँ।

च्यातिएको मन कठै टाली टाली बाँचेको छु
बेदनाको बर्को ओढी बाहिर बाहिर हाँसेको छु
अमृतका बोत्त्तलमा बिष कति छोएँ छोएँ
गिन्ती छैन जिन्दगीमा कति रोएँ कति रोएँ।

नामसालिंग इलाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP