‘नेपाली साहित्य भनेर आजसम्म नेपालको सरकारी तहमा र जनमानसमा स्थापित र व्यवहारमा प्रचलित नेपाली भाषामा रचित साहित्यलाई लिइएको छ । यसलाई जनजातिका बौद्धिक विचारकहरूले भन्ने गरेको ‘खस भाषा’मा लेखिएको नेपाली साहित्य भन्दा पनि फरक पर्दैन । डा.रामप्रसाद ज्ञवालीले भने जस्तै प्रगतिशील लेखक संघ, नेपालद्वारा काठमान्डूमा केही वर्ष पहिले समसामयिक साहित्य लेखनको मूलधार कुन हो, प्रगतिवाद कि गैरप्रगतिवाद ? भएको एउटा अन्तरक्रियाकामा केही सहभागीहरूले दाबी गर्दै भनेका थिए ‘प्रगतिवादी लेखन नै समसामयिक लेखनको मूलधार हो ।’ तर प्रगतिवादी नेपाली साहित्य लेखनको विकास क्रम हेर्दा नेपाली साहित्यको प्रतिपक्ष नै बनिरहेको छ । यसलाई मुलधारमा ल्याउन के गर्नुपार्ला ? भनि सारंगी न्युजका लागी प्रकाश अधिकारीले केही कवि तथा समालोचकलाई सोध्नु भएको छ । केही वर्ष पहिले गरिएको कुराकानी अहिले पनिउत्तिकै सान्दर्भिक लागेर फेरी साभार गरिएको छ ।
प्रगतिवादी लेखन नै समसामयिक लेखनको मूलधार हो वा प्रतिपक्ष ?
डम्फु मात्रै आफ्नु बोकेर मुलधारमा छौ भन्नु मुर्खता- हरिमाया भेटवाल
२००७ साल बैसाख १० गते पुष्पलालको नेतृत्वमा स्थापना भएपछी नेपाल कम्युनिस्ट पार्टीले प्रगतिशिल विचारधाराका साहित्यकार पत्रकार हरुलाई एउटा थलोमा ल्याउदै आमुल परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्छ भनेरै होला प्रलेस ‘प्रगतिशिल लेखक संग’ को जन्म गराएको तर बिगत हेर्दा टिठ लाग्दो छ । आफुलाई प्रगतिवादी भन्नेहरु आफ्नै डम्फु बजाउन व्यस्त देखिन्छन भने प्रलेसलाई पनि आफ्नै डम्फुको तालमा नाच्न सिकाउदै छन् । उसो त पार्टीहरु पनि उसैगरी चलिरहेको अवस्था छ । अहिले त्यसैले त प्रगतिशिल लेखक हुन चाहनेहरुलाई त्यो बाटोमा डोराउनुको सट्टा कसरी हुन्छ त्यहाँ बाट भगाउन तिर लाग्छन आफ्नु लागि बाटो खुकुलो पार्न साहित्यमा पनि पार्टीमा झैँ । अनि कसरी प्रगतिबाद मूल धारमा जम्न सक्छ ? एउटा चराले हगेको बिउबाट जन्मिएको बिरुवालाई पनि उचित मल ,पानी, हेरचाह पुग्यो भने मजाले फल र थुप्रै बीउ दिन सामर्थ हुन्छ बिरुवा तर आकाशको भरमा कतिन्जेल बचाउन सक्छ त्यो बिरुवाले आफुलाई ? यतिहुदाँहुदै पनि केहि प्रगतिवादीहरुको निरन्तरतालाई सलाम गर्नु पर्छ , आत्मसाथ गर्नु पर्छ, तर यसो भनिरहदा प्रगतिवादी साहित्य अहिले मुलधारमा छ भनेर भन्न चाई सकिदैन l जुनदिन आफ्नै संगीत आफ्नै सब्द आफैनै स्वर आफनै बाजा बजाएर डम्फु बजाउछ्न साथीहरु त्यो दिन प्रगतिवादी साहित्य पनि मुलधारमा होला तर डम्फु मात्रै आफ्नु बोकेर मुलधारमा छौ भन्नु मुर्खता जस्तै लाग्छ मलई l आफ्नै सब्द र संगीत हुनेहरुलाई पनि नेतृत्वले शक्तिमा हुँदा कस्तो व्यवहार गरेको थियो त्यो कसरि बिर्सिन्छन र लागिरहनेहरु ।
लेखन मुद्दाकेन्द्री हुनुपर्छ, गुट निरपेक्ष रहनुपर्छ- माधव सयपत्री
प्रगतिवादी लेखन समसामयिक नेपाली साहित्यको मूलधारमै छ। यसमा म आशिंक सहमत छु। तर प्रगतिवादी भनाउन चाहने लेखकहरु व्यक्तिकेन्द्री भएका छन्। प्रगतिवादको मुद्दा पछाडि परेको छ, लेखक प्रचारमा आएका छन्। मुद्दा छाडिएपछि व्यक्ति मात्र प्रगतिवादी रहन सक्दैन। गुटमा रमाउन चाहने लेखकहरु बढ्दै गएका छन्। अग्रजहरु( पारिजात, श्यामप्रसाद, जनकप्रसाद, रमेश विकल, नारायण ढकाल, आहुति लगायतका लेखकहरुले स्थापित गरेको प्रगतिवादी लेखन परम्परालाई उछिन्ने खालका लेखकरसाहित्यकार जन्मिएका छैनन्। कोही अमूक वाम पार्टी समर्थक लेखक मन्दिर पस्न मान्दैनन् भने कोही नवसामन्तको लगानीमा निस्केका कथित मुलधारका पत्रपत्रिकामा आफूलाई छपाउन गुलामी गरिरहेका छन्। मुलतस् लेखन मुद्दाकेन्द्री हुनुपर्छ। गुट निरपेक्ष रहनुपर्छ। अनि मात्र प्रगतिवादी साहित्य मुलधारमा आउन सक्छ।
स्वच्छन्द विचारहरूलाई पूर्णरुपले नियन्त्रण गर्न सक्नुपर्छ – जेठा वैरागी
नेपालमा प्रगतिशील लेखन क्रान्तिको धार अनुसार लेखिने विधा हो । समाजको वास्तवीक चेतना विकाश गराउन प्रगतिवादी साहित्य नै अग्रस्थानमा रहेको हुन्छ । बौद्धिक जागरण गराउन नै प्रगतिवादी लेखरचना , आख्यान, कविता ,निबन्धमा वास्तवीक घटनाहरूलाई कथा बनाएर लेखिन्छ । नेपालमा भर्खर मध्यमवर्गको उदय भएको छ । त्यसैले भर्खरै मात्र शिक्षित हुँदै छ । शिक्षित व्यक्तिहरू पूर्वीय दर्शनबाट प्रभावित देखिन्छ यतिखेर पश्चिमा दर्शनले छुँदै छ र बामे सर्दै छ । नेपालमा प्रकाशित ग्रन्थहरूले प्रभाव पार्न नसकेकाले पाश्चात्य दर्शन तिर आमुख भएको देखिन्छ । पाश्चात्य दर्शन कमै विद्वान्हरूले मात्र बुझ्दछन् । शिक्षित भएका र मानिएका विद्वान्हरू सिकारुमात्रै छन् । खासै मिहिनेत गरेको देखिँदैन । नेपालको सन्र्दभमा भन्नेहो भने गालीगलौजलाई दर्शन हो भन्नेको संख्या धेरै छ । त्यसैले प्रगतिवादी साहित्यकार , प्रगतिवादी चेतनाहुन र विकासगराउँन प्रगतिवादी साहित्य र दर्शनको पाठशाला खोल्नु र त्यसको संरक्षण गर्नु र गर्ने कुरामा गम्भीर चुनौती पनि रहेको छ । स्वच्छन्द विचारहरूलाई पूर्णरुपले नियन्त्रण गर्न सकेमा मात्र प्रगतिवादी साहितय पठन संस्कृतिको विकास हुन्छ ।
प्रगतिशील लेखक संघ जस्ता संस्थालाई भागबण्डाको अखडा बनाउनु हुँदैन-सरिता तिवारी
मूल जड सामाजिक संरचना हो,अर्थराजनीतिक अवस्था हो।सामाजिक,सांस्कृतिक सत्ताको बागडोर जसको हातमा हुन्छ,कलासाहित्यको मूलधार उसैको अनुकुल हुन्छ।नेपाली राजनीती र शासनव्यबस्थाको संस्थापन अझै पनि सामन्ती चरित्रको छ।आमूल परिवर्तनकारी पार्टिहरूले बहुमत ल्याउने अवस्थामा पनि मुलुकमा नवसंस्कृतिको निर्माण को ठिक बिपरित पुरानै संस्कृती पुनराबृत हुनु यसैको उदाहरण हो।यो बिडम्बनापुर्ण छ।सांस्कृतिक आन्दोलनका लागि दिलोज्यान दिनेहरू पनि छन तर ती थोरै छन् । तिनले गरेको प्रयासलाई कुनै पत्रपत्रिका वा संचार माध्यमले विषय बनाउँदैनन।विचारहीनता,संघर्ष र इतिहासहिनतालाई नै मूलप्रवृत्ती मान्ने लेखक,साहित्यकार आज पुरस्कृत भैरहेका छन् ।यस्तो हिजोका दिनमा पनि थियो। विचारले स्पष्ट र जोदाहा लेखन गर्नेहरू हिजो पनि थिए,आज पनि छन।आज यिनको स्वर ठूलो भएको छ।सडकमा होस,सामाजिक सन्जालमा होस,अखबार ,ब्लग वा फेसबुक पेजमा होस तिनको हस्तक्षेप बढीरहेको छ।प्रगतिवादीहरूको स्वभाव नै प्रतिपक्षी धारको हुन्छ। कारण, यिनीहरूमा आलोचनात्मक दृस्टी हुन्छ। बामपंथी पार्टिहरूकै शासन भए पनि यिनको प्रतिपक्षी चरित्र यथावत रहन्छ।यही नै प्रगतिवादको सौन्दर्य हो।हामी मूलधार बन्न हामी अझै खटेर निर्भिक भएर प्रगतिशील कला साहित्यको निर्माण र संरक्षणमआ लागिरहने प्रतिबद्धता हुनुपर्छ।पुरस्कार ,सम्मान ,फूलमालाको आशा त्यागेर भिड्नुपर्छ।विवेकले ठम्याएको र आँखाले देखेको सहीलाई सही र गलतलाई गलत भन्दै र लेख्दै जानुपर्छ। प्र
गतिशील लेखक संघ जस्ता संस्थालाई भागबण्डाको अखडा बनाउनु हुँदैन।सिर्जनात्मक गतिविधि र बाम साहित्यिक चिन्तनको साझा चौतारो बनाउनु पर्छ।
प्रगतिवाद सधै प्रतिपक्ष रहन्छ – डा.कविताराम श्रेष्ठ
प्रगतिशीलता सदा अग्रगामी हुने हुँदा त्यो कुनैपनि स्थापित मान्यता ‘मूलधार’ को चाकडी गर्दै यथा रहन सक्दैन। प्रगतिशील संघर्षकै उपलब्धिबाट स्थापित मान्यता माथि पनि त्यो अग्र परिष्कारको लागि संघर्षशील रहन्छ। त्यस मानेमा प्रगतिशील सोच सदा स्थापित मान्यता ‘मूलधार’ विरुद्ध प्रतिपक्षमै रहन्छ।