Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
सोमबार , बैसाख ७, २०८३
कमरेड महावीर विश्वकर्माकाे नाममा : आगो हो ऊ बलिरहन्छ – Sarangi News

आगो हो ऊ बलिरहन्छ – कमरेड सतिसाल
—————–

यतिखेर स्तब्ध छ घाट
मौन घाट बगाइरहेछ अश्रुधारा
मानौं कि
घाटकै समीप चुपचाप बगिरहेको नदी
उपस्थित आँसु ,आँसुहरुकै समष्टि हो
प्रसव वेदना बोकेर दिन
सुक्सुकाई रहेछ रातको बर्को भित्र
युग परिवर्तनको म्याराथन दौडिरहेका पाइलाहरू
समाधिस्थ पाइतालाको सम्मानमा
ठिङ्ग उभिएको झण्डाले झैं चढाइरहेछन् सलामी
समाधिमा चीर निन्द्रा सुतेको त्यो योद्धा
कुनै दन्त्य कथाको राजकुमार जस्तै थियो
ऊ हामी जस्तै सामान्य थियो तर खास थियो
अविराम सुनिरहुँ झैं लाग्ने – ऊ
– क्रान्तिको एक कर्ण पृय धुन थियो
ऊ कविहरूलाई पृय लाग्ने कविता जस्तै थियो
ऊ कलाकारलाई पनि पृय लाग्ने सुन्दर कला थियो
बहकिने मनहरूलाई
एउटै चौतारीमा जोडिदिने ऊ
मनदेखि मनको सुर-ताल थियो
अघाएकाहरूले ठिकठाक देख्ने समाजलाई – ऊ
भोकाएका उत्पीडित आँखाहरूबाट भताभुङ्ग देख्थ्यो
सबैको पृय हुन सकिँदैन भन्ने ऊ
सेलिब्रेटी जीवन, वाह वाही त्यागेर
लगाई रहन्थ्यो नारा – सडक/किनार
पुगिरहन्थ्यो दुर्गम – कुना / कन्धरा
फुकिरहन्थ्यो विगुल- मन/ मस्तिष्कमा
विचार मिल्ने सँग ऊ
आँखाको नानी जस्तै थियो
कहिलेकाहीँ ऊ वाक्क हुन्थ्यो
जीवित लाश र लाशहरूको भीडमा
र रिसाउँदै भन्थ्यो –
” म लाश होइन चुप बस्न
ज्यूँदो मान्छे हुँ त्यसैले बोल्छु! ”
साथीहरू हो
जातको जरा जरैदेखि काट्नु छ भन्थ्यो
अपमानित भूत र वर्तमानको हिसाब गर्थ्यो
विचारको पाइन हालेर आफैलाई उधाउँथ्यो
ऊ सधैं आन्दोलनहरूमा
प्रकाशको रफ्तारमा गतिशील हुन्थ्यो
ऊ कुधिहिँड्ने बाटोमा क्रुर सरकारले
बिछ्याई दियो बाटैभरि एम्बुसै एम्बुस
तर ऊ एम्बुसको पनि एम्बुस हो
जन्माइसकेको छ उसले हजारौं एम्बुसहरू
कुनै दिन क्रुर सरकारको सिङ्गै व्यवस्था विरुद्ध
बनेर बारुदी महावीरहरू हुनेनै छन् ती बिस्फोट
ऊ आगो थियो , आगै हो
चितामा पनि त आगै सँग छ
ऊ युग युग यसरी नै बलिरहन्छ
हरेक विद्रोही मस्तिकको अगेनामा ऊ
ताप, राप र प्रदीप्तिसँगै बाँचिरहनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP