Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , बैसाख ९, २०८३
बालकविताः खुत्रुके – Sarangi News

खुत्रुके (बालकविता)

             तेजप्रसाद खनाल

थोरै थोरै रुपियाँ जम्मा गर्छु खुत्रुकेमा

फाल्तु पैसा खर्च गर्दैन मनपरि जेमा।

टीका लगाई पाएको रुपियाँ राख्छु खुत्रुकेभित्र

तिमी पनि मैले जस्तै  गर है मेरा मित्र।

 

जीवन सधैँभरि एकनास हुदैन है जान

दिनमा दस रुपियाँ भए नि जम्मा गर मान।

 

यसपालि खुत्रुके मेरो सानो साइजको परेछ

दुई महिना नपुग्दै हेर साथी ! भरेछ।

 

अर्को पालि मैले ठूलो खुत्रुके किन्छु

धेरै रुपियाँ जम्मा गरि मज्जासँग गिन्छु।

 

बुझौँ हामी सबैले पछिको भविष्य पनि

हुदैन है हामी अहिले मात्र सुकिलो बनी।

 

आजभोलि धेरैले फजुल खर्च गर्छन्

खुत्रुके नभरेर खै किन भुँडीमात्र भर्छन् ।

 

म भर्ने गरेको छु खुत्रुकेमा रुपियाँ

खोज्छ रुपियाँ फड्किन झैँ गरि उपिया ।

 

यसपालिको दशैँ तिहारमा धेरै रुपैयाँ पाइन्छ

जम्मा गर्न रुपियाँ ठूलो खुत्रुके चाहिन्छ ।

*****************************

लमही दाङ

लेखकको फेसबुक एकाउन्ट हेर्न यसमा थिच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ १६, २०८१ बुधबार 547 Views

सुरजको बालकविताको किताब बजारमा

  पुष २९, २०८० आइतबार 1258 Views

मन्दिर मेरो पुस्तकालयः बालकविता

  पुष ३, २०८० मंगलबार 868 Views

बालकविता : अब गन्छु म

  मंग्सिर २५, २०८० सोमबार 855 Views

बालकविताः मेरो साथी

  मंग्सिर ९, २०८० शनिबार 1017 Views

बालकविताः हजुरबाको चस्मा

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP