Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
डा.कौशिला रिसालको कविता : जीवनको गणित – Sarangi News

कविता : जीवनको गणित

आफन्तसँगै छुटन सक्छन्
खुसीका कोपिलाहरू
साथीभाइसँगै छोडिन सक्छ्न्
आत्मीय पलहरू
शरीरमा जतनले पहिरिएको कपडाजस्तै
सम्हालेर आफ्नो होश
त्यतिबेला गाउँदै हिँड्नु आत्मविश्वासको गीत ।

उक्लिएकै बाटोबाट झर्नु पनि त
सजिलो छैन,
ज्ञानको वैशाखी टेकेर
हिँडिरहनु समयको राजमार्ग
केही न केही सिक्नको लागि
जिन्दगीको हतासोले बुनिरहनु
गुन्द्रीजस्ता सयौँ सपना
जीवनमा हुर्काइरहनू विश्वासको बिरुवा ।

छुट्टिनु त केवल
एउटा सरल रेखाबाट
बाटो विभाजित हुनु हो
जिन्दगीको अनगिन्ती यात्रामध्येको
एक फट्को नापो हो
नयाँ यात्राको अनुभूति हो
आउने, जाने, देखिने, भेटिने र छेकिने
हजारौँ क्रियाहरूसँग
दर्जनौँ पटक साक्षात्कार गर्दै
रङहरूको उत्सव मनाउनु
प्रत्येक पल नयाँ हुनु हो
जिन्दगी बाँचेको आभास हुनु हो ।

जीवनको गणितमा
एउटै फर्मूला कहाँ हुन्छ र ?
छुट्टिनु अन्त्य हुनु होइन,
जस्तो कि नदीले बगरसँग छुट्टिएरै समुद्र भेट्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP