Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , बैसाख ९, २०८३
बालकविताः हजुरबाको चस्मा – Sarangi News

हजुरबाको चस्मा : बालकविता

    – दुर्गा घिमिरे

गुच्चा देख्नेआलु जत्रो हजुरबाको चस्मा 

भनिदेऊ साथीहरू के रहेछ यसमा ?

दराज देखेँ धेरै अग्लो घर कति ठुलो

नहर जत्रो देखियो है हाम्रो सानो कुलो

भोक लागी अम्बा माग्दा देखेँ मैले फर्सी

चस्मा लगाई हिँडेको त जे देखे नी तर्सी

सानो पाठा ठुलो भयो पढ्ने टेबुल खाट

हजुरबाको चस्माले बढायो है मेरो आँट

नलगाऊ नलगाऊ हजुरबाको चस्मा

हानि गर्ने चिज हुन्छ टाढा हेर्दा यसमा

साग सब्जी खाएर जोगाउनु छ ज्योति

ज्ञानी बन बाबू तिमि धर्तीको मोती ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP