Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , बैसाख ९, २०८३
मन्दिर मेरो पुस्तकालयः बालकविता – Sarangi News

मन्दिर मेरो पुस्तकालय (बालकविता)

        – शान्ता पन्थी ‘शान्तिदीप’

जब भयो  बिदा

खुसीले म उफ्रिँदा ।

मेरी आमा हाँस्नु भो

बाबासँग भन्नु भो ।

पुस्तक किन्न जाऊँ न

राम्रा राम्रा ल्याऊँ न ।

पुस्तकहरू ल्याउनु भो

सबै मलाई दिनु भो ।

केही पुस्तक अङ्ग्रेजी

केही त रै’छन् नेपाली  ।

फटाफट ती मिलाएँ

पुस्तकालय सजाएँ ।

काठै काठको त्यो घर

सजाउँदा त सुन्दर ।

कस्तो आँखा तान्ने

पढ्न रहर जाग्ने ।

थरीथरी किताब

गर्न थालेँ हिसाब ।

आज पढ्छु कथा

भोलि भन्छु कविता ।

जब थालेँ पढ्न

सिकेँ अगि बढ्न ।

बिदा भयो रमाइलो

पाठ पढ्दा घमाइलो ।

पाएँ  ज्ञान अति

बाढेँ  बुझे जति ।

भन्ने गर्छु देवालय

 पुजौँ पुस्तकालय ।

—————————-

      कीर्तिपुर,काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP