Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
जनयुद्ध : सत्र हजार पल्स दुई मात्रै हो त ? – Sarangi News

आरती आचार्य

मेरी आमाले पढ्न पाउनुभएन, पढ्न नपाउनु आमाको जीवनभरिलाई गुनासो रह्यो। सम्भवतः कुनै व्यक्तिको जीवनमा मैले देखेको सबैभन्दा उच्चतम गुनासो यही हो ।

छोराछोरीका सकिइसकेको कापीको अन्तिम पेजमा आफ्ना अनुभूति लेख्ने असफल प्रयास गरिरहेकी आमालाई देखेर आमाहरुका लादिएको त्यो क्रुरताको म अनुमान मात्रै गर्न सक्छु। ती गुनासाहरुको प्रतिबिम्ब उहाँको आँखामा डुलिरहने रोदनमा देख्छु, त्यो छट्पटी र उकुसमुकुसमा देख्छु।

अझै त प्रेमको बदला सामूहिक हत्या उपहार दिने समाज छ। झन् त्यो समाज कथित दलितहरुप्रति कति उदार या सँकुचित हुँदो हो सहज अनुमान लगाउन सक्छाैँ । गाउँका सामन्तहरु बाटो हिँडिरहेकी बालिकाको बलात्कार गर्थे त्यो मुद्दा कहिल्यै थाना/ अदालत नपुगी सकिन्थ्यो बस् उही बालिकाको जीवनभरि रहन्थ्यो त्यो घाउ। गाउँका जिम्वाल/ मुखियाहरु घरमा राखेका कामदार महिलाहरुको बलात्कार गर्थे र तीन पाथी कोदो क्षतिपूर्ति तिरेर कसैको जिम्मा लगाउँथे अरे।

“मकैको खेती” लेख्नेहरु मारिन्थे, गलत भयो भनेर बिरोध गर्नेहरु समातिन्थे, थुनिन्थे । हामीले अहिले “स्वर्ग” थियो, “मिलेर” बसिरहेको थियो भन्ने समाज उत्तिकै कुरुप र बेमेलले भरिएको थियो।

जनयुद्धले मेरी आमा पुस्तालाई बन्दुक थमाइदियो। तेरा अधिकारहरु कुन्ठित गर्ने सत्तासँग बिद्रोह गर् भन्यो । आउने तेरा छोरीहरुका लागि अधिकार सुनिश्चित गर् भन्यो । जनयुद्धले आमाहरुको, छोरीहरुको, दिदीबहिनीहरुको क्षमता चिन्यो।चुलोचाैकोबाट बाहिर ल्यायो । सम्पत्तिमा अधिकार माग् भन्यो, लैङ्गिक समानताको कुरा गर् भन्यो ।

जनयुद्धले तेरो तकदिर बिष्टको घरको अनाै होइन भनेर हर्के काकालाई उबेलै चिनाइदियो । तैँले बनाएर तैँले नै पुज्न नपाउने “भगवान”सँग बिद्रोह गर् भन्यो । जनयुद्धले कथित दलित समुदायलाई तँ दलित होइनस् मान्छे होस् भन्यो । सिमानामा रगतको बलिदान दिइरहेका रामबिलास चाचालाई “तँलाई शासकले चिनेन त के भयो आइज शासकलाई यो देश मेरो पनि हो भन् भन्यो।” रामबिलास चाचाले देश मेरो पनि हो भनेर गर्वले भन्न पाए।

क्रान्ति पुरा हुन नपाउनु योद्धाहरुको कमजोरी थिएन त्यसलाई नेतृत्व गर्ने नेतृत्वकर्ताको कमजोरी थियो। “प्रचण्डहरु” सँग हाम्रा आक्रोस सदैव रहिरहनेछन्। हाम्रा सपनाहरुको अवसान गरिदिएको दु:ख, पिडा रहिरहनेछ। सायद जीवनको कुनै कालमा उनीहरुलाई पनि आत्मग्लानी हुनेछ तर आज नभए भोलि, हाम्रो पालोमा नभए सन्ततिको पालामा यो अपुरो क्रान्ति अवश्य पुरा हुनेछ। यो समाजको गतिशीलताको नियम हो । द्वन्द्वात्मक भाैतिकवादको नियम हो ।

भूईँमान्छे सहजै नेतृत्वमा पुग्ने भए यत्रो बलिदान किन चाहिन्थ्यो? गोर्कीले “आमा” किन लेख्थे? भूपीले “हुँदैन बिहान मिर्मीरमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ” किन भन्थे? जनयुद्धका हजार कमजोरी होलान् तर पनि तपाईँ हामी फगत “सत्र हजार” भनेर मात्रै यसको उपहास गरिरहन सक्दैनाैँ।

आज फागुन -१ , जनयुद्ध दिवसको शुभकामना !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP