अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न – Sarangi News

पोखरा, असार १ गते । अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।
शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सिप सबै वर्ग र क्षेत्रका मानिसले सिक्नुपर्नेमा जोड दिए । आफूले पनि आफ्नो वडाका दिदीबहिनी, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिहरूका लागि भाषणकलासम्बन्धी तालिम आयोजना गरेको स्मरण गर्दै उनले यसले मानिसको व्यक्तित्वलाई उच्च बनाउन सहयोग गर्ने अनुभव सुनाए । अनुपम म्युजिकले २० वर्षदेखि सञ्चालन गर्दै आएको तालिमबाट उच्च पदस्थ नेताहरूसम्म लाभान्वित भएको भन्दै पराजुलीले यो अभियानको प्रशंसा गरे ।
अनुपम म्युजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपम म्युजिकबाट हालसम्म १० हजारभन्दा बढी व्यक्तिले तालिम लिइसकेको जानकारी दिए । उनले अनुपममा एक पटक पैसा तिरेर तालिम लिएपछि जति पटक पनि निःशुल्क तालिम लिन सकिने बताए ।
कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, समाजसेवी राजकुमार घिमिरे, प्रशिक्षार्थीहरू अनुपमा अधिकारी, मिलन बराल, अर्नभ तुलाचन, ओजस्वी गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय श्रेया अधिकारी र एलिसा थापाले गरेका थिए । सो अवसरमा गायिका कृषिका घिमिरेले गायन प्रस्तुत गरेकी थिइन् । तालिममा अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP