मध्यनेपाल नगरपालिका प्रशासकिय भवन मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेद्वारा समुद्घाटन। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिकाको प्रशासकिय भवन गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्र राज पान्डेको प्रमुख आतिथ्यमा औपचारिक रुपमा उद्घाटन भएको छ।

विभिन्न झाँकी र्याली सहित शुरु भएको उक्त कार्यक्रम प्रमुख अतिथि पाण्डे ज्युले दिप प्रज्वलन एवम रिबन काटेर भवन समुध्घाट्न गर्नु भएको थियो भने नगरपालिकका प्रमुख प्रशासकिय अधिकारी चण्डिका प्रसाद पौडेल ज्युले स्वागत मन्तव्य राख्दै भवन निर्माण लागत सम्झौता र सम्पन्न खर्चको समेत बिबरण पेश गर्दै उपस्थित सम्पुर्णलाई स्वागत गर्नु भएको थियो।

गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री डा टकराज गुरुङ, पुर्व मन्त्री मेखलाल श्रेष्ठ, सांसद भेष बहादुर पौडेल, सांसद माननीय पार्बती तामाङ, ब्यास नगरपालिका प्रमुख बैकुन्ठ न्यौपाने , सुन्दर बजार नगरपालिकाका कृष्ण प्रसाद कोईराला, भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रीपाठी, रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा, जिल्ला प्रशासन प्रमुख बुद्द बहादुर गुरुङ, जिल्ला प्रहरी प्रमुख प्रहरी निरिक्षक निशान्त श्रीवास्तव, शस्त्रको सेना र अनुसन्धानका प्रमुख सहित विभिन्न राजनैतिक दलका नेताहरुको समेत उपस्थिती रहेको थियो।

नगर प्रमुख रमेश कुमार पान्डेको पहिलो कार्यकालमा थालनी गरिएको उक्त भवनले दोश्रो कार्यकालमा पुर्णता पाएको छ। सो पुर्णता सहित नगरपालिकाले मासिक बुझाउने लगभग भाडा पनि बचत भएको योजना शाखाका प्रमुख ठाकुर घिमिरेले बताउनु भएको थियो।

कृषि सेवा केन्द्र तथा पशु सेवा केन्द्रको नाममा रहेको भोर्लेटार गाविस साविकको वडा नं ७ को कित्ता नँ २२३ को कुल ८ रोपनी ७ आना २ पैसा ३ दामको क्षेत्रफलमा रहेको जग्गमा ५२१२ वर्ग फिटमा ३. ५ तलामा बनेको भवनमा २२ कोठा र १ बैठकहल र १ सभाहाल बनेको छ।

६ करोड १४ लाख ४३ हजार २ सय १४ लागतमा ठेक्का आव्हान गरिएकोमा ठेकदारले ४ करोड २९ लाख ३६ ह्जार ५ सय ७८ मा आरोग्य सुवेदी जेवि ललितपुरसंग २०७७ पौष ३० गते ठेक्का सम्झौता भएको थियो। न्तिम कुल मुल्याँकन अनुसार ४ करोड ९ लाख ८१ हजर ९ सय ७६ खर्चमा बनेको देखिन्छ। त्यस्तै गरेर भवन शिल्यन्यास २०७७ फाल्गुण २५ गते नगर प्रमुख रमेश कुमार पाण्डेबाट भएको थियो। बनेको ठेक्कामा म्याद सकिएको र थप गरि सम्पन्न गरेको बारेमा उक्त योजनाका साईड इन्न्चार्ज ठाकुर कृष्ण घिमिरेले बताउनु भएको थियो।

यस भवन बने लगत्तै नगरपालिकाले भाडाको रुपमा बुझाउदै आएको लगभग मासिक १ लाख ३० हजार बचत भएको छ। साथै नगरपालिकाका सेवाग्राहीहरुले एउटै भवानमा सम्पुर्ण सेवा लिन पाउने भएका छन जस अन्तर्गत सेवाग्रहीहरु लाभावान्वित हुने पक्का छ।

कार्यक्रममा शुभकामना आदन प्रदानमा उपस्थित विभिन्न दलका राजनैतिक नेताहरुले राख्नु भएको थियो। जसमा बिशेष अतिथी गण्डकी प्रदेश सभा सदस्य पार्बती तामाङले राख्नु भएको थियो। त्यस्तै भेष बहादुर पौडेलले लमजुङको लागि गण्डकी प्रदेशले गरेका बिकास र योजनाहरुका बारेमा बताउदै हामिले निर्वाचनमा बोलेका घोषणा पत्र अनुसारको काम गर्न बाँकी नै रहेको बताउनु भएको थियो। त्यस्तै गरेर गण्डकी प्रदेश आर्थिक तथा मामिला मत्री डा टकराज गुरुङले देशको पछिल्लो समयमा घटेको बाढीपिडितले गर्दा देश शोकमा डुबेको बताउदै लमजुङ जिल्लालाई हरेक योजनाहरुलाई बिस्तारै प्रत्येक बर्ष थप गर्दै बिकासलाई प्राथमिकता दिदै देशको बर्तमान राजनैतिक अवस्था प्रती चिन्ता ब्यक्त गर्नु भएको थियो।

प्रमुख अतिथि पाण्डेले सर्वप्रथम मध्यनेपाल नगरवासीलाई प्रमुख प्राशासकिय भवन निर्माण प्रती नगरवासी बधाईका पात्र बनेको बाताए। साथै लमजुङ जिल्लालाई बजेट बिनियोजनमा प्राथमिकता दिएरै राखेको र आगामी बर्षहरुमा राख्ने बताए। लमजुङ जिल्लाका माननीय सांसदहरुले लमजुङको बिकास र योजनाका बारेमा मलाई घचघच्याई रहेको बताए र साथै जस्तै यो पिस्ती खोलाको पलको समस्या जस्ता अन्य पुलहरुको समस्या समाधान तर्फ मेरो नजर रहेको समेत बताए। लमजुङ जिल्लाका आबश्यकता र चाहानालाई सिमित स्रोत र साधन भएतापनी असिमित आबश्यकता र चाहानालाई परिपुर्ती गर्नु पर्ने हाम्रो मुख्य उद्देश्य र कर्तवय रहेको बताए। कृषि र उत्पादनलाई ब्यवसायिकरण गर्न सक्न पर्ने र आजको आबश्यकता रहेको जसको लागि गण्डकी प्रदेश सरकारले अनुदान दिदै आएको छ र दिनेछ समेत बताउनु भएको थियो।

अन्त्यमा नगर प्रमुख रमेश कुमार पाण्डे ज्युले प्रदेश सरकार नगरपालिकाका कर्मचारी लगायत सम्पुर्णलाई यो साथ र सहयोगको लागि धन्यवाद ब्यक्त गर्न भयो। सबैले आ आफ्नै निकाय र तर्फबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस भवन निर्माणमा सहयोग गरेको बताउनु भएको थियो। समाज देशमा अराजक फैलाउने तत्वहरुको कमि छैन त्यसैले गर्दा होला हाम्रो नगरपालिकामा पनि केही त्यस्ता गतिविधी देखिने गर्दछन जसले अनाबश्यक जुन गर्नै नहुने राजनिती गरेको देखिन्छ। साथै स्थानिय तहमा कुनै पनि सत्ता पक्ष र प्रती पक्ष नहुने र हुदैन भन्दै आफुले नगर्ने र गरेको छैन भन्ने समेत जिकिर गरेका थिए। साथै अन्त्यमा कसैलाई सबै प्रती धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत जहाँ जहाँ… सार्वजनिक (भिडियोसहित)

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।

काउरे पिपल डाँडाको भलिवल प्रतियोगिता ज्वाला देवी स्याङ्जाको पोल्टामा।


TOP