Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
मंगलबार , बैसाख ८, २०८३
मध्यनेपालमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान कार्यक्रम सम्पन्न। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिकामा नोवेम्बर २५ देखि १० डिसेम्बरसम्मको १६ दिने लैङ्गिक हिंसा विरुद्दको अभियान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मध्यनेपाल नगरपालिका र ईप्रका भोर्लेटारको सयुक्त आयोजनामा भएको थियो।

मध्यनेपाल नगरपालिका वडा नं ७ को राम बजार क्षेत्रमा लैंगिक हिंसा बिरुद्दका नाराहरु सहित परिक्रमा गर्दै अम्रेङको न्यु चन्द्र ज्योतीको भवनमा औपचारिक अन्तरक्रीया कार्यक्रम भएको थियो। कार्यक्रमको अध्यक्षता नगर उप प्रमुख सीता गुरुङले गर्नु भएको थियो।

लैङ्गिक हिंसा अन्त्य गरौं, मानव अधिकारको रक्षा गरौं,बाल बिबाह अन्त्य गरौं, लैङ्गिक हिंसाको १६ दिने अभियान सफल पारौ, बहु बिबाह अन्त्य गरौं, बिबाह वारि बिस बर्ष पारी, समता मुलक समाजको निर्माण गरौ लगायतका अन्य बिबिध नाराहरुको साथमा र्याली गरिएको थियो।

अधिवक्ता तथा महिला अधिकार कर्मी सुष्मा पौडेलको बिशेष अन्तरक्रीयात्मक कार्यक्रम शुरु भएको थियो जसमा पौडेलले मध्यनेपाल नगरपालिका भरबाट उपस्थित महिलाहरुलाई लैङ्गिक हिंसाको बारेमा उदाहरणहरु सहित प्रष्ट पार्नु भएको थियो। साथै लैङ्गिक हिंसा बिरुद्दाका कनुनका बिषयम प्रष्टयाउदै सजायका धारा सहित दण्ड जरिवाना बताउनु भएको थियो। पौडेलको अन्तरक्रीयामा महिलाहरु अति नै उत्सुकताका साथ जान्न बुझ्न चाहेका देखिन्थ्यो। जसले गर्दा वहाको अन्तरक्रीयाले महिलाहरु लाभान्वित भएको प्रष्ट देखिन्थ्यो।

साथै ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर यम नारयण अर्यालले समेत समुदायमा हुने गरेका उमेर समूह सहित माहिला हिंसाको बारेमा बताउनु भएको थियो। महिला हक र अधिकारको दुरुपयोग नगर्न र महिंला हिंसामा नपर्न बताउनु भएको थियो।

मद्यनेपाल नगरपालिका र ईप्रका भोर्लेटराको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा नगर उप प्रमुख सीता गुरुङ, वडा नं ७ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ, वडा नं ४ को वडा अध्यक्ष राम बहादुर श्रेष्ठ, वडा नं ५ को वडा अध्यक्ष ओम वीर गुरुङ, वडा सदस्यहरु, जनप्रतिनिधीहरु, लगायत बुद्दीजिवि बर्गहरुको उपस्थिती रहेको थियो।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पारेर गरिने यो लैङ्गिक हिंसा बिरुद्दको १६ दिने कार्यक्रम देशभर यस अवस्थामा नगर उप प्रमुख सिता गुरुङले यस्ता हिंसाबाट बच्न बचाउन हामी सचेत रहनु पर्ने र कानुनको दुरुपयोग नगर्न महिला दिदी बहिनिहरुलाई अनुरोध गर्दै कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहभागी सबै महिला आमा दिदी बहिनिहरुलाई विशेष धन्यवाद दिनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP