Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , बैसाख ९, २०८३
सुरजको बालकविताको किताब बजारमा – Sarangi News

पोखरा । सुरजको नयाँ बाल कृति साहित्यकार सुरज उपाध्यायको चौथो कृति बजारमा आएको छ । बेला प्रकाशनले बजारमा ल्याएको कविता सञ्चयन ‘बाबा कतारमा, आमा हतारमा’ कृतिमा २८ कविता छन् ।

कवितामा दीपमाला महर्जनको आवरण र चित्र रहेको छ। कवि सुरज बालमनोविज्ञानलाई नयाँ बिम्ब, प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस छन् । विचारमार्फत् चेतना भर्ने उनले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आएका छन् । कृतिको मूल्य २ सय ५० रुपैयाँ छ । कवि सुरजले बालबालिकाको मनोविज्ञान र अहिलेको परिवेशलाई कवितामा उतार्न खोजेको सुनाए । भने, ‘कविता सङ्ग्रहमा बालबालिकाको मनोविज्ञानलाई सम्मान गरिएको छ । बालबालिकालाई मनोरञ्जन, ज्ञान त दिनैपर्छ, सँगसँगै अहिलेको परिवेश, समाज पनि सिकाउनुपर्छ भन्ने कुरा मनन गरी लेखिएका कविता यसमा छन् ।’

यसअघि उपाध्यायका गजल सङ्ग्रह ‘तिम्रो मन फर्किएन’ गजल सङ्ग्रह (२०६०) र दुई बालकविता सञ्चयन ‘चील उड्यो आकाशमा’ (२०७१) र ‘साइकल’ (२०७९) प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP