भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम – Sarangi News

तनहुँ, वैशाख २ गते । भिमाद नगरपालिका, तनहुँको शिक्षा, युवा तथा खेलकुद शाखाले पालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकहरूका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी पाँचदिने तालिम सम्पन्न गरेको छ ।

कक्षाकोठामा शिक्षण सिकाइका क्रममा आवश्यक पर्ने विभिन्न विषयवस्तुबारे सहजीकरण गरिएको तालिममा भिमादका ४० विद्यालयका शिक्षक सहभागी रहेका थिए । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू खेमराज पौडेल, रुपिन्द्र प्रभावी र सुरज लम्सालले माइक्रोसफ्ट अफिसका विविध एप्लिसकेसनहरू, एआई, गुगल एप्लिकेसनहरू, शैक्षिक वेबसाइटहरू, डिजिटल शैक्षिक सामग्री निर्माण, इमेल-इन्टरनेटलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

तालिमको उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेलले शिक्षकहरूले प्रविधिसम्बन्धी आधारभूत सिपहरू अनिवार्य सिक्नुपर्नेमा जोड दिए । शिक्षकको क्षमता विकासका लागि नगरपालिका लगानी गर्न तयार रहेको बताउँदै पोखरेलले तालिममा सिकेको सिपलाई कक्षाकोठासम्म पुर्‍याउन आग्रह गरे ।

शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले भिमादले शिक्षकको क्षमता विकासलाई सधैँ प्राथमिकता दिने गरेको बताउँदै यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए । जे गर्दा शिक्षक सक्षम हुन्छन्, त्यो गर्न शाखा तयार रहेको पौडेलको भनाइ थियो । सिकेको सिपलाई व्यवहारमा उतार्ने कुरामा कुनै कन्जुस्याइँ नगर्न शिक्षकसँग पौडेलले आग्रह गरे ।  उद्घाटन सत्रको सञ्चालन सहायक शिक्षा अधिकृत दीपा पोखरेलले गरेकी थिइन् ।

नेपाल शिक्षक महासङ्घ, भिमादका अध्यक्ष सुरज पौडेलको सहजीकरणमा भएको समापन कार्यक्रममा स्रोत व्यक्ति केशवराज वाग्ले, प्रशिक्षक रुपिन्द्र प्रभावी, सहभागी दीपक पराजुली र गुणाखर रेग्मीलगायतले आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

पोखरा–३३ मा अकला मन्दिरको ट्रस्ट भवन र खानेपानी ट्याङ्की उद्‍घाटन

साहित्यकार सुरज उपाध्यायलाई पितृशोक


TOP