मध्यनेपाल नगरपालिका रामबजारमा मुख स्वास्थ्य सेवा दन्त क्लिनिक शुरु। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका वडा नं ७ रामबजारको चिसंखु स्वास्थ्य चौकिमा मुख स्वास्थ्य दन्त क्लिनिक सेवा शुरु भएको छ। वडा नं ६ र ७ लाई केन्द्र मानेर सुचारु गरिएको उक्त उद्घाटन कार्यक्रम मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको थियो।

जिभाय नेपालका निर्देशक सरस्वती पुरिले दाँत र मुखको स्वास्थ्यको बिषयमा प्रष्ट्याउदै स्वागत मन्तवय राख्नु भएको थियो। दाँत उखेल्ने होइन यसलाई कसरी जोगाउन सकिने बारेमा निर्देशक पुरिले बताउनु भएको थियो। साथै हामिले यो सेवा कास्की पर्बत बाग्लुङ हुँदै लमजुङमा पनि ल्याउन सफल भएका छौं बिस्तारित रुपमा अन्य वडाहरु र क्षेत्रमा पनि यो सेवा लैजाने लक्ष रहेको समेत बताउनु भएको थियो।

प्रमुख अतिथी पाण्डेले दिप प्रज्वलन र रिबन काटेर उद्घाटन गरिएको कार्यक्रममा विशेष अतिथिहरु नगर उप प्रमुख सीता गुरुङ, प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल, मध्यनेपाल नगरपालिकाका स्वास्थ्य प्रमुख सुर्यप्रसाद पौडेल, वडा नं ५ का वडा अध्यक्ष ओम वीर गुरुङ स्वास्थ्यकर्मीहरु लगायतका अन्य बुद्दिजिबी वर्गहरुको समेत उपस्थिती रहेको थियो।

मध्यनेपाल नगरपलिका प्रमुख प्रशासकिय अधिकृत चन्डिका पौडेलले यो साप्ताहिक रुपमा संचालन हुने यस कार्यले नगरपालिकालाई टेवा पुग्ने बताउनु भएको थियो। मुख स्वास्थ्य नै मानव जिबनको अति अपरिहार्य रहेको जसले गर्दा हामी स्वस्थ्य रहने साथै नगरपालिका अन्य वडाहरुमा पनि जिभाय नेपालले लैजाने अपेक्षा समेत बताउनुभएको थियो। साथै मुख स्वास्थ्यमा क्रान्ती ल्याउन जिभाय नेपाललाई शुभकामना समेत दिनु भएको थियो।

त्यस्तै गरेर नगर उप प्रमुख सीता गुरुङले मध्यनेपाल नगरपालिमा जिभाय नेपालले गरेको यो सर्हानिय कार्यप्रती हार्दिकता बताउदै वडा नं ६ र ७ मा मात्र नभै १० वटै वडामा गर्न गराउन अनुरोध गर्दै जिभाय नेपाललाई साथ र सहयोग गर्ने प्रतिवद्द्ता जाहेर गर्नु भएको थियो।

त्यस्तै प्रमुख अतिथी पाण्डेले यस पवित्र कार्यको लागि मेरो साथ र सहयोग रहने बताउदै यो पुन्य कार्यको लागि जिभाय नेपाललाई धन्यवाद दिनु भएको थियो। १० वटै वडामा यस कार्यक्रम गर्ने प्रतिवद्दता जाहेर गर्नु भएको थियो। नगरपालिकको लक्ष २० मिनेटको दुरि भन्दा टाढा जान नपर्ने गरे स्वस्थ्य सेवा सुबिधा गर्ने बताउनु भयो। नगरपालिकाले स्वास्थ्यकर्मिलाई निशुल्क बिमा सेवा सुबिधा गर्ने प्रतिवद्दता समेत गर्नु भएको थियो। त्यस्तै दिर्घ रोगिलाई सरकारले दिएको ५ हजारमा थप ३ हजार गरेर ८ हजार दिएको समेत बताएको थियो। साथै कुनै क्यान्सर रोग लागेमा चितवन सिएमसिमा मध्यनेपाल नगरपालिकाले सिफारिस गरि रहेको समेत बताउनु भएको थियो।

जिभाय नेपालका अध्यक्ष गोविन्द प्रसाद ले ३ लाख ६६ हजार बराबरको ९७ वटा स्वास्थ्य सामाग्रीहर मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेको मार्फत चिसंखु स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको थियो।

त्यस्तै गरेर महिला सामुदायिक स्वास्थ्य कर्मिहरुले गित मार्फत स्वागत र धन्यवाद दिदै यस क्षेत्रमा आबाश्यक स्वास्थ्य सेवाको समस्याका बारेमा समेटेर गित समेत गाउनुभएको थियो।

उक्त औपचारिक कार्यक्रमका सभापती वडा नं ७ का वडा अध्यक्ष हिरा गुरुङले जिभाय नेपाललाई धन्यवाद व्यक्त गर्दै मध्यनेपाल नगरपालिकाको मुख्य केन्द्र ६ र ७ नं वडामा यो सेवाले ठूलो टेवा पुगेको बताउनु भएको थियो।

मध्यनेपालको सुशान र दिगो बिकासको लागि थप एउटा ईटा थपिएकोछ यसमा हामिले गर्व गर्न पर्दछ र अन्य वडाहरुमा पनि सेवा सुचारु हुनेछ भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP