Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
नेपाल तमु(गुरुङ) विधार्थी छोंज धीं जिल्ला कार्यसमिती कास्किले ” साँस्कृतिक साँझ-२०८१” कार्यक्रम पुर्ण तयारी। – Sarangi News

पोखरा। नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति कास्कीले कार्तिक १३ गते भोलि मंगलबार “साँस्कृतिक साँझ-२०८१” कार्यक्रम पोखरा-१०, अमरसिंह चोकको लेकाली चुल्हो घरको हलमा आयोजना गर्ने पुर्ण रुपमा तयारी भएको बताएको छ । कार्यक्रममा गण्डकी प्रदेश सरकार, आर्थिक मामिला मन्त्रालयको माननीय मन्त्री डा. टकराज गुरुङ ज्यूको प्रमुख अतिथ्यता हुने भएको छ।

“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा नेपालको संविधानको मर्मलाई हितमा हुने कार्यक्रम नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं, जिल्ला कार्यसमिति, कास्कीले ल्याएको हो । प्रथम चरणमा ‘साँस्कृतिक साँझ-२०८१’ ले तमु साँस्कृतिक प्रस्तुती मात्र नभई अन्य जातीय साँस्कृतिक प्रस्तुतीलाई पनि जगेर्ना र सशक्तिकरणको लागि तयारी र कार्यक्रमको मार्फत प्रस्तुती गर्नेछ ।” – अध्यक्ष प्रचण्ड शक्ति गुरुङले बताउनु भएको थियो।

२०८१ भदौ २९ गते शनिबार १६ औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित भएको जिल्ला कार्यसमिति कास्कीले भावी कार्ययोजनामा साँस्कृतिक साँझ, तमु अधिकारको सचेतना, खेमा लिपी प्रशिक्षण, ह्युल्छा मासिक पत्रिका प्रकाशन, आदि तर्जुमा राखेको सचिव प्रितम गुरुङले सारांङ्गी न्युजलाई बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP