क्यान कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर – Sarangi News

पोखरा । कम्प्युटर एशोसियन नेपाल महासंघ (क्यान), कास्कीको अध्यक्षमा पुरुषोत्तम कुँवर सर्वसम्मत् निर्वाचित भएका छन् ।
क्यान कास्कीको १० औं अधिवेशनले कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहने समितिको प्रथम उपाध्यक्षमा सेवक क्षितिज, द्वितीय उपाध्यक्षमा महेन्द्र भुर्तेल, सचिवमा दामोदर डुम्रे सहसचिवमा सुरेश सापकोटा, कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने रहेका छन् ।
यस्तै, सदस्यहरुमा दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी छन् । नवनिर्वाचित अध्यक्ष कुँवरले विधानानुसार दुई जना सदस्यहरु गोविन्दप्रसाद रिजाल र चन्द्रकला बस्नेतलाई मनोनित गरे । निवर्तमान अध्यक्ष दुधमान गुरुङ (आशिष) स्वतः कार्यसमितिमा रहन्छन् ।
युवराज पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले कुँवरको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो । सदस्यहरुमा एकनारायण चापागाईं र प्रकाशमान सिंह भण्डारी रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष कुँवर यसअघि संस्थाका प्रथम उपाध्यक्ष थिए । क्यान कास्कीमा १२ वर्ष बढी निरन्तर क्रियाशील कुँवर पोखराको न्यूरोड स्थित कस्मिक कम्प्युटिङ सोलुशन एवम् कस्मिक एकेडेमीका सञ्चालक हुन् ।
सूचना प्रविधिको क्षेत्रमा कुँवर दुई दशकदेखि संलग्न परिचित नाम हुन् । कास्की अन्नपूर्ण–१ निवासी कुँवर पोखरामै रहेर विश्वस्तरीय सूचना प्रविधिको प्रवद्र्धनमा सक्रिय छन् ।
यसअघि, संस्थाको १७ औं साधारणसभा तथा १० औं अधिवेशनको शनिबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले उद्घाटन गरेका थिए । उनले क्यान कास्कीले सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्दै आएकोमा खुशी व्यक्त गर्दै क्यान इन्फोटेक जस्ता गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
उद्घाटन समारोहमा संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, केन्द्रीय प्रतिनिधि चिन्तामणि बास्तोला, पोउवा संघका उपमहासचिव सुदीप प्रधनाङ्ग, पूर्व अध्यक्षका तर्फबाट गुणानिधी पाण्डेले बोलेका थिए ।
साधारणसभाको बन्दसत्रमा सचिव महेन्द्र भुर्तेलको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुद्रनाथ न्यौपानको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । अध्यक्ष दुधमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पुरुषोत्तम कुँवर र सञ्चालन सचिव महेन्द्र भुर्तेलले गरेका थिए ।
२०६५ सालमा विधिवत् दर्ता भएको क्यान कास्कीको नेतृत्व जगनबहादुर गुरुङ, इबिन्द्रराज तिवारी, राजेन्द्रकुमार श्रेष्ठ, चण्डीप्रसाद अर्याल, गुणानिधी पाण्डे, चिन्तामणि बास्तोला, युवराज पौडेल, विश्वास भण्डारी र दुधमान गुरुङ (आशिष) ले सम्हालिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

 ‘युके बस्ने दाइ’ लिएर आइन् गायिका शान्ति (भिडियो)

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई


TOP