लमजुङ। मध्यनेपाल नगरपालिका ईसाई एकता समाजले दुईपिप्लेमा आउदै गरेको डिसेम्बर २५ गतेको ख्रीष्टमस लक्षित शुभकामना आदनप्रदान कार्यक्रम दुईपिप्ले बजारमा सम्पन्न गरेको छ।
दुईपिप्ले बगैँचा देखि शुरु भएको र्याली दुईपिप्ले चोक बजारमा सभामा परिणत भएर औपचारिक रुपमा कार्यक्रम भएको थियो।
मध्यनेपाल ईसाई एकता समाजको अध्यक्ष सन्तु माया खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मध्यनेपाल नगरपलिकाका वडा नं ५ को वडा अध्यक्ष ओम वीर गुरुङको प्रमुख आतिथ्यमा भएको थियो।
प्रमुख अतिथी गुरुङले ब्यानर पढेर कार्यक्रमको उद्घाटन शुरु भएको कार्यक्रममा एल्डर धनबहादुर बिकले स्वागत मन्तव्य राखेका थिए। भने वक्ता पास्टर सन्जीप खत्रीले प्रभु येशु ख्रीष्टको बारेमा बिस्तृत रुपमा प्रष्ट पार्नु भएको थियो। हामी किन येशुलाई मान्छौ भन्ने कुराहरु समेत परेमेश्वर छ त सबै कुरा सम्भव छ तथापी सम्भव नभएको बताउनु भएको थियो।
शुभकामना मन्तव्यहरुमा पुर्व उपमेयर राजकुमार श्रेष्ठ, पास्टर पुनम राई, भैरवकाली बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ॠषी राम नैन बस्नेत , विशिष्ट अतिथी वडा नं ७ को वडा अध्यक्ष हिरा गुरुङ, वडा नं ४ को वडा सदस्य टिक बहादुर पण्डित क्षेत्री, वडा सदस्य कुमारी भुजेल, वडा सदस्य कुमारी सुनार, पास्टर बम बहादुर बिक लगायतकाले शुभकामाना मन्तव्यहरु राखेका थिए।
कार्यक्रमका सभापती खत्रीले सरकारले क्रीश्चियनलाई विभेद गरेको गम्भीर आरोप लगाउदै भोट बैकको लागि मात्र प्रयोग गरिएको साथै जनगणनमा समेत लुकाएर राखेको समेत आरोप लगाउदै हामी हाम्रो क्रीश्चियन धर्मावलम्बीको जनगणना आफै निकाल्ने कुरा समेत बताउनु भएको थियो।
त्यस्तै गरेर प्रभु येशुको आउदै गरेको २५ डिसेम्बर जन्मदिनको अवसरमा शुरुमा गित तथा भजन मार्फत शुभकामाना आशिर्वाद आदन प्रदान गरिएको थियो। जसमा उपस्थित ईसाई धर्मावलम्बिहरुले हर्षोल्लासका साथ नाँच गान तथा प्रार्थना गरेका थिए।
प्रमुख अतिथी गुरङ्ले प्रमुख आतुतिथ्यको वक्तव्यमा लोकतन्त्रमा आएको धर्म निरेपक्षतालाई हामिले उपयोग गर्न सक्नु पर्ने साथै जातजाती र धर्मको नाममा युद्द गर्न नहुने बताए। जसका कारण हामिले मानवता नगुमाउ धर्मकामा नाममा सामाजमा कुनै पनि साम्प्रदायमा दखल पुग्ने कार्यहरु नगर्न समेत बताउदै येशु ले सबैको रक्षा गरून् भन्दै क्रीसमसको शुभकामना ब्यक्त गर्नु भएको थियो।
अन्त्यमा अध्यक्ष खात्रीले कार्यक्रम भव्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिदै प्रभु येशुले सबैको कल्याण गरुन भन्दै कार्यक्रमको समापन गर्नु भएको थियो। उक्त कार्यक्रम मध्यनेपाल ईसाई एकता समाज समितिको सचिब सपना बिश्वकर्माले सन्चालन गर्नु भएको थियो।