एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ? – Sarangi News

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।  जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै उपाधि जितेकाे हाे । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

नेपाल प्रिमियर लिगमा ऐरीले जिते कार

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई  उक्त कार प्रदान गरिएको हो । कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

राजवंशीलाई बाइक

जनकपुर बोल्ट्सबाट एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

लुम्बिनीले पायो फेयर प्ले अवार्ड

खेल अवधिभर अनुशासित खेल प्रदर्शन गरेको लुम्बिनी लायन्सले  नेपाल प्रिमियर लिगको फेयर प्लेको अवार्ड जितेको छ ।

मिलन्था बने प्लयेर अफ द म्याच

जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।

प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो । उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते।क्याच अफ द म्याच शेर मल्लले पाए । उनले २५ हजार रुपैयाँ जिते । त्यस्तै, एनर्जेटिक मुमेन्ट अफ म्याचले हेमन्त धामीले पाए । उनले पनि २५ हजार रुपैयाँ पाए ।

 कुन टोलीले कति रुपैयाँ पाउँछ ?
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । त्यस्तै, दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ । क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता योसँगै समाप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP