Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ? – Sarangi News

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।  जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै उपाधि जितेकाे हाे । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।

नेपाल प्रिमियर लिगमा ऐरीले जिते कार

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई  उक्त कार प्रदान गरिएको हो । कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

राजवंशीलाई बाइक

जनकपुर बोल्ट्सबाट एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

लुम्बिनीले पायो फेयर प्ले अवार्ड

खेल अवधिभर अनुशासित खेल प्रदर्शन गरेको लुम्बिनी लायन्सले  नेपाल प्रिमियर लिगको फेयर प्लेको अवार्ड जितेको छ ।

मिलन्था बने प्लयेर अफ द म्याच

जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले प्लेअर अफ द म्याचको उपाधि जितेका छन् । टोलीको जितमा मिलन्था नायक बनेका थिए । उनले मात्र ४९ बलमा सर्वाधिक ८७ रन बनाए । उनले यस क्रममा ९ चौका र ४ छक्का हिर्काए ।

प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक थियो । उनले ५० हजार रुपैयाँ पाए । सुपर फोरका लागि मिलन्थाले नै २५ हजार रुपैयाँ र ५ हजारको रुपैयाँ रिचार्ज भौचर जिते।क्याच अफ द म्याच शेर मल्लले पाए । उनले २५ हजार रुपैयाँ जिते । त्यस्तै, एनर्जेटिक मुमेन्ट अफ म्याचले हेमन्त धामीले पाए । उनले पनि २५ हजार रुपैयाँ पाए ।

 कुन टोलीले कति रुपैयाँ पाउँछ ?
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । त्यस्तै, दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ । क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता योसँगै समाप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 69 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP