शनिबार , साउन १२, २०८१
गुणस्तरीय पढाइका लागि सन्दर्भ सामग्री लेखन कार्यशाला सम्पन्न – Sarangi News

चैनपुर, बझाङ/ पढाइ शिविर होस् वा विद्यालय, विद्यार्थी (बालबालिका)का लक्षित सिकाइ उपलब्धि हासिल गर्न पाठ्यपुस्तक मात्र प्रयाप्त छैन नै । अझ भन्ने हो भने पाठ्यपुस्तक करले पढ्नु पर्ने सामग्री हो । यही करले पढ्नुपर्ने सामग्रीको सिकाइ र अझ यसका क्षितिजलाई फराकिलो पार्दै रहरले पढ्दै लक्षित सिकाइ उपलब्धि हासिल गर्नका लागि, बालबालिकाको सिकाइको क्षितिज फराकिलो पार्दै गुणस्तरीय शिक्षण सहयोगका लागि वर्ल्ड भिजन इन्टरनेसन नेपाल र प्रगतिशील युवा समाज, बझाङको सहकार्यमा २५ दिने सन्दर्भ सामग्री लेखन कार्यशाला आयोजना भयो । पाँच पाँच दिन गरी पाँच चरणमा भएको कार्यशालाको सहजीकरण नेपालका चर्चित एवं लोकप्रिय बालसाहित्य सर्जक यशु श्रेष्ठले गर्नुभएको थियो । २०७९ असार २८ गतेदेखि साउन २० गतेसम्म बझाङ जिल्लाको चैनपुरमा भएको यस कार्यशालामा केदारस्यूँ र जयपृथ्वी नगरपालिकाका विद्यालय तथा पढाइ शिविरका ९१ जना शिक्षक/शिक्षिका र पढाइ शिविर सहजकर्ताहरू सहभागी भएका थिए ।

विद्यालय तथा पढाइ शिविरका बालबालिकाहरूलाई सरल, सहज र सरस तरिकाले कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ । कसरी उनीहरूमा मायालु वातावरण बनाएर शिक्षण गर्न सकिन्छ भन्ने बारेमा व्यापक छलफल गर्दै गुणस्तरीय पठनपाठनका लागि यस सन्दर्भ सामग्री निर्माण/लेखन कार्यशाल आयोजना भएको हो ।

यस खाले कार्यशालाले हामीमा थप उत्साह र हौसला थपेको छ । हामी अधुरा र अपूरा रहेछौँ । सिक्न र जान्नुपर्ने कुरा धेरै धेरै रहेछ र छ भन्ने आभास यस कार्यशालाले दिलायो । सहभागी शिक्षक ध्रुव रानाले आफ्ना अनुभव यसरी सुनाउनुभयो । यस कार्यशाला अघिका घटनाहरू सम्झँदा आफूले गतल गरिरहेका रहेछौँ । सन्दर्भ सामग्रीले बालबालिकाको मुहारमा खुसी ल्याउँदै पठनपाठन गर्न सकिनेरहेछ । बालकथाहरू बालबालिका लागि अतिप्रिय छन् । यसले उनीहरूलाई छुट्टै संसारमा रमाउन, कल्पनाशीलतामा हराउन र सजिलै सिक्न मदत गर्छ । यस्ता समाग्रीहरू आफैँले बनाउने गरी सिक्न पाउँदा असाध्यै हर्षित छौँ । सहभागी शिक्षिका देवकी जोशीले सुनाउँदा सहभागी सबैले सहमती जनाएका थिए । वर्ल्ड भिजन इन्टरनेसन नेपालका फिल्ड कोअर्डिनेटर तिलक केसीले यस्ता कार्यशाला प्रत्येक अभिभावकले पनि लिनुपर्ने महसुस भएको बताउँदै यो सुनौलो सिकाइलाई व्यवहारमा लागु गर्न सबैलाई अनुरोध गर्नुभयो । वर्ल्ड भिजन इन्टरनेसन नेपालको सहयोगमा प्रगतिशील युवा समाज, बझाङले गुणस्तरीय शिक्षाका लागि विभिन्न विद्यालयहरूमा गरिएका कामका विविध पाटाहरूलाई केलाउँदै प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बालबालिकाका थप सिकाइका लागि प्रत्येक शनिबार पढाइ शिविर संचालन गरिरहेको र यस्ता सन्दर्भ सामग्रीका सहयोगले पढाइ शिविर  तथा विद्यालयमा पठनपाठन थप सहज र गुणस्तरीय हुने कुरामा आफू ढुक्क रहेको कुरा बताउनुभयो भने समाजका कार्यक्रम अधिकृत यज्ञराज जोशीले ८९ प्रतिशत बालबालिकाहरू सही तरिकाले पढ्न नसक्ने तथ्याङ्क बताउँदै शिक्षकहरूले यसलाई मनन गरेर विद्यालयमा थप मिहिनेत गर्नुपर्ने कुरा राख्नुभयो । समाजका कार्यक्रम व्यवस्थापक अजय महराले यस्ता तालिमले पुनर्ताजगीसमेत थप्ने बताउँदै समाज सधैँ विद्यालय र पढाइ शिविरको साथमा रहेको बताउनुभयो । कार्यक्रममा युवा समाजका फिल्ड अफिसरहरू अमर जोशी, उत्तम मल्ल, पार्वती सिंह, दिनेश खड्का र शिव रोकायाको सक्रियता लोभ लाग्दो थियो । कार्यशालाका उपलब्धिहरूले सहभागीहरू सन्तुष्ट देखिन्थे भने सिकेका कुराहरू लागु गर्नमा उत्साहित पनि देखिन्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP