Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
कालिका माविको शिक्षक अभिभावक सङ्घमा डिबी – Sarangi News

पोखरा, असोज २८ गते । पोखरा-३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको शिक्षक अभिभावक सङ्घको अध्यक्षमा धनबहादुर विश्वकर्मा (डिबी) सर्वसम्मत चयन भएका छन् ।
मङ्गलवार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट सङ्घका सदस्यहरूमा गोपाल मुरी मगर, हुमबहादुर थापा, सपना राजबाहक, यशोदा विश्वकर्मा, रामु गुरुङ, बेलबहादुर केसी र सोमबहादुर श्रेष्ठ चयन भएका छन् । सङ्घको शिक्षक प्रतिनिधिमा लक्ष्मी गिरी तथा पदेन सदस्यहरूमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा र प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डिबी विश्वकर्माले विद्यालयको हितका लागि आफूले सकेसम्म प्रयास गर्ने प्रतिबद्धता जनाए । विद्यार्थीको सङ्ख्याभन्दा गुणात्मक विकासलाई महत्त्व दिनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरूका तर्फबाट सहायक प्रधानाध्यापक बालकुमारी थापा, पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष तथा सल्लाहकार हेमबहादुर थापा ‘किरण’ ले शुभकामना दिएका थिए । कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP