Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ – Sarangi News

बेसीशहर (लमजुङ), कार्तिक १४ । बेसिशहरमा रातिको समयमा घर र सहकारी भवनमा ढुंगा प्रहार गरी सिसा फुटाउने घटनामा संलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ कार्तिक १३ गते राति, बेसिशहर नगरपालिका–८ स्थित प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको घर र सोही वडाको झ्याङखोला स्थित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनमा अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका थिए। घटनामा दुवै स्थानका झ्यालका सिसा फुटेका थिए।

घटनाबारे आज बिहान जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, लमजुङबाट प्रहरी टोली खटाई अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी अभिषेक पाण्डेले जानकारी दिनुभयो।

अनुसन्धानका क्रममा घटनामा संलग्न तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बेसिशहर–८ का आयुष आलेमगर, दोरदी गाउँपालिका घर भई हाल बेसिशहर–८ बस्ने प्रदीप तामाङ, र बेसिशहर–१० निवासी योगेश तामाङ रहेका छन्। ती सबैको उमेर करिब २० वर्ष आसपासको रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP