Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र। – Sarangi News

सामाजिक सञ्जालमा ‘ओली र लेखकलाई पक्राउ गर’ अभियानले तातेको केही दिनमै त्यसको प्रतिवादमा अर्को अभियान तीव्र बनेको छ — ‘देश जलाउनेहरूलाई पनि पक्राउ गर’।

नयाँ अभियानमा काठमाडौं महानगरका प्रमुख बालेन शाह र अभियन्ता सुधन गुरुङलाई सिंहदरबारमा आगजनी र देशव्यापी अराजकता फैलाउन भूमिका खेलेको आरोप लगाउँदै तत्काल पक्राउ गर्न माग गरिएको छ। “देश जलाउने, विदेशी दलाल हत्यारा — तत्काल पक्राउ गर” भन्ने नारासहितका पोस्टर र ब्यानरहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्।

यो अभियान ओली–लेखक पक्राउ माग्ने डिजिटल आन्दोलनको प्रतिवादका रूपमा देखिएको हो। जेन–जी आन्दोलनमा दमनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि लगाउने पक्षहरू अभियुक्तहरू पक्राउ गर्नुपर्ने भन्दै सशक्त रूपमा अभियान चलाइरहेका थिए। तर, नयाँ अभियानका सहभागीहरूका अनुसार देशमा हिंसा, आगजनी र तोडफोड गराउनेहरूलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बेला आएको हो।

विश्लेषकहरूले यी दुई आन्दोलनलाई सामाजिक सञ्जालमा भइरहेको ‘डिजिटल द्वन्द्व’ को नयाँ रूप भनेका छन्। एक पक्षले राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर गर्न खोज्दैछ भने अर्को पक्षले त्यही आन्दोलनका नाममा हिंसा र विध्वंस गर्नेहरूलाई कारबाहीको माग गर्दैछ।

यसैबीच, प्रहरीको साइबर युनिटले दुबै पक्षका गतिविधि र प्रचार सामग्रीलाई नजिकबाट निगरानी गर्न थालेको स्रोतले जनाएको छ। हिंसालाई उक्साउने, घृणापूर्ण अभिव्यक्ति वा व्यक्तिको सुरक्षा जोखिम हुने सामग्री सार्वजनिक नगर्न चेतावनी दिइएको छ।

सामाजिक सञ्जालमा तीव्र बन्दै गएको यस बहसले अब नेपालको डिजिटल राजनीतिक संस्कृतिमा नयाँ ध्रुवीकरण सुरु भएको संकेत दिएको विश्लेषकहरूको मूल्याङ्कन छ ।

स्रोत:- हलचल खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP