Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज – Sarangi News

चिसो छ आज

किन यस्तरी काँपिरहेछ वदन तिम्रो?
चिटचिट पसिना छ किन निधारमा?
आधामात्र खोलेर ओँठ,
कुन प्यासले घुटुक्क गर्देेैछ किलकिले ?
बाहिर त चिसो छ त आज ! धेरै नै चिसो

कुन गह्रुँगो भारले थिचिएको छ
र,यसरी उठाउनै सकिराछैनौ परेली?
तृष्णाजस्तै देखिने
के हो त्यो आँखामा गुलाबी रङ्गको डोरो?
र मैले बुझ्न सकिरा छैन
निमन्त्रणा दिएको हो कि गुनासो गरिरहेको हो
तिम्रा आँखाहरुले

सर्पको चालझैँ बटारिरहेको तिम्रो देहले
शैम्पु, इत्र अनि पसिनाको गन्ध घोलेर
फैलाइरहेछ एनेस्थेसिया वातावरणमा
अब कहिलेसम्म सम्हालिन सक्छु होला र म ?

चिसो निकै नै बढेको छ आज
खैः अलिकति ताप्न देउन मलाई
त्यो देहाग्नि !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP