सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज – Sarangi News

चिसो छ आज

किन यस्तरी काँपिरहेछ वदन तिम्रो?
चिटचिट पसिना छ किन निधारमा?
आधामात्र खोलेर ओँठ,
कुन प्यासले घुटुक्क गर्देेैछ किलकिले ?
बाहिर त चिसो छ त आज ! धेरै नै चिसो

कुन गह्रुँगो भारले थिचिएको छ
र,यसरी उठाउनै सकिराछैनौ परेली?
तृष्णाजस्तै देखिने
के हो त्यो आँखामा गुलाबी रङ्गको डोरो?
र मैले बुझ्न सकिरा छैन
निमन्त्रणा दिएको हो कि गुनासो गरिरहेको हो
तिम्रा आँखाहरुले

सर्पको चालझैँ बटारिरहेको तिम्रो देहले
शैम्पु, इत्र अनि पसिनाको गन्ध घोलेर
फैलाइरहेछ एनेस्थेसिया वातावरणमा
अब कहिलेसम्म सम्हालिन सक्छु होला र म ?

चिसो निकै नै बढेको छ आज
खैः अलिकति ताप्न देउन मलाई
त्यो देहाग्नि !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP