११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका वडा नम्बर १ जितामा आज साउन दुई गते देखी ११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ् शिल्ड राष्ट्र ब्यापी फूटबल प्रतियोगिता शुरु भएको छ। मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिले ब्यानर पढेर समुद्घाटन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता गोल्डेन फ्युचर युवा क्लबका अध्यक्ष राम कृष्ण भुजेलले गर्नु भएको थियो।

क्लबको सल्लाहाकार हेमलाल खवासले स्वागत मन्तव्य राख्दै जिताकोटको एेतिहासिक थलोको रुपमा चिनिने यस साउने सक्रान्ती मेलाले हाम्रो संस्कार सस्कृतिलाई जोगाउन नसकेको बताउदै बिगतलाई कोट्याउदै घाटु चुड्का लगायतका बिभिन्न कार्यक्रम बसाई सराई सङै हराएको लोप हुँदै गएको बताउनु भएको थियो। यसलाई हामीले जगेर्ना गर्दै हाम्रो संस्कार संस्कृतिलाई जोगाउन पर्ने जिकिर गरेका थिए।

लमजुङ् तनहुँ कास्की र चितवनका गरी ४२ टिमको सहभागिता रहेको क्लबको अध्यक्ष भुजेलले बताउनु भएको थियो भने प्रमुख अतिथी पाण्डेले कार्यक्रमको अर्थात फूटबलको भव्यताका साथ शान्ती र सौहार्द पूर्ण बातावरणमा सम्पन्न गर्न बताउदै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो। साथै युवाहरुले फूटबल खेलमा अलिक चासो लिन पर्ने बताउदै त्यसका निम्ती आफुले आर्थिक भौतिक लगायतका हरेक समस्याको समाधान गर्न तत्पर रहेको बताउनु भएको थियो। साथै यस खेल सम्पन्न गर्नका लागी नगरपालिकाको तर्फबाट १ लाख ५० हजारको घोषणा समेत गर्नु भएको थियो।

विशिष्ट अतिथी सोही वडाका वडा अध्यक्ष सुदिप थापा, पुर्व वडा अध्यक्ष बिभिन्न राजनैतीक दलका नेताहरु लगायत समाज सेवी बुद्दीजिबी बर्गको उपस्थिती रहेको थियो भने बोल्ने क्रममा वडा अध्यक्ष सुदिप थापाले यस खेल मैदानको लागी थप सात लाख रुपैया बजेट विनियोजन गर्ने कुरा बताउदै वडामा गर्नु पर्ने कुनै पनि बिकास निर्माणका कार्यहरु आफ्नो पाँच बर्षे कार्यकाल भरमा नछाड्ने प्रतिवद्दता ब्यक्त गरेका थिए।

प्रथम पुरस्कार नगद रु १ लाख ५१ हजार सय तोला बराबरको चाँदिको शिल्ड ट्रफी मेडल र प्रमाण पत्र रहेको छ भने त्यस्तै दित्तिय पुरस्कार नगद रु ८१ हजार कप ट्रफी मेडल र प्रमाण पत्र रहेको छ। सेमी फाइनलमा पुग्ने दुईवटा उत्कृष्ट टिमलाई १० हजार र ५ हजार साथै उत्कृष्ट गोल रक्षक लाई नगद रु २५ सय र मेडल र प्रमाण पत्र, उत्कृष्ट खेलाडिलाई नगद रु २५ सय र मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्तालाई नगद रु २५ सय मेडल र प्रमाण पत्र रहेको फूटबलको पहिलो चराणका खेलहरु भोली देखी हुनेछन।

बिभिन्न सांस्कृतिक कार्यक्रमा सहित शुरु भएको कार्यक्रममा लाखे नाँच अन्य भाई बहिनिहरुको नाँच संगै जिता धिताल गाउकै लोक दोहोरिका सर्जक हालका भाईरल गायक विबेक धितालको “सुन्दर बजार कटेसी कुन्छा” गीत प्रस्तुत गरेका थिए। यसरी आफ्नै थाक थालोमा आफ्ना प्रस्तुती राख्दै सहयोग गर्न पाउदा अतिनै खुशी भएको गायक धितालले बताएका थिए। साथै क्लबको लागी आफ्नो गाउठाउको लागी जे जस्ता सहयोग गर्नपनी तयार रहेको बताएका थिए।

कार्यक्रम संचालन भोज थापा मगरले गर्नु भएको थियो भने अन्त्यमा प्रमुख अतिथी पाण्डेले रेफ्रिहरुलाई बल हस्तान्तरण गर्दै उद्घाटन खेल शुरु गरिएको थियो, गत बर्षका शिल्ड बिजेता टिम गन्ने एफ सि पोखरा र आयोजक टिम गोल्डेन फ्युचर युवा क्लब बिच भएको थियो जसमा गन्नेले शुन्यका बिरुद्द ९ गोलले आयोजक टिमलाई पराजित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP