Trend
श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||  
बिहिबार , असार ३२, २०८३
फ्रान्सकी राजदूत र पोखराका मेयरबिच भेटवार्ता – Sarangi News

पोखरा । नेपालका लागि फ्रान्सकी राजदूत Virginie CORTEVAL ले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गर्नुभएको छ । पहिलो पटक पोखरा आउनु भएकी राजदूत कोर्टेभल र नगर प्रमुख आचार्य बिच दुईपक्षिय हितका विषयमा छलफल भएको छ ।

विशेष गरी अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताउनुभयो । फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी पर्वतारोहणको इतिहास कोरेका थिए । त्यसको ३ वर्ष पछि मात्रै सगरमाथा आरोहण गरिएको इतिहास छ ।
हर्जोगले अन्नपूर्ण–१ (प्रथम) हिमालको सफल आरोहण गरेको आज ७४ वर्ष पुरा भएको छ । सन् २०२५ मा हिमाल आरोहणको ७५ औँ वर्षगाँठमा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको भेटवार्तामा राजदूत कोर्टेभलले बताउनुभयो । हर्जोगले उनका सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम पहिलो पटक आरोहण गरेका थिए ।
भेटवार्तामा अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको जियोलोजिकल सर्भेका लागि प्राविधिक सहयोग सहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बिचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहोर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुई पक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने लगायतका विषयमा पनि छलफल भएको छ ।
भेटवार्तामा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको समेत सहभागिता रहेको थियो । पोखरा महानगरपालिका फान्स सरकारसँग सहकार्यमा अन्नपूर्ण सफाइ अभियानदेखी समग्र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न तत्पर रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP