पूँजीवादी बजारको चुङ्गुलमा दसैं – साैगात बिश्वकर्मा – Sarangi News
गाउँमा दसै या भनाै चाडवाडहरू भित्रिदै गर्दा सबैभन्दा दुखि काे हुन्थ्याे त भन्दा बुवा र आमा पुस्ताहरू हुन्थें । बुवाहरू केटाकेटीकाे रहर कसरी टाल्ने हाे, त्यसैमा ध्यान ,ज्यान लगाउँथे र गर्न हिड्थे पैसाकाे जाेहाे । खाेज्न हिड्थे छाेराछाेरीकाे रहर पर -परका गाउँसम्म । किनकी बर्ष दिनमा एक जाेर कपडा लगाई दिनका लागि धाै -धाै थियाे त्याे ताका । त्याे समय अधिकाँश बुवाहरूकाे लागि निल्नु न ओकल्नु हुन्थ्याे । धेरैले त भकारीकाे धान बेचे भै हाल्थ्याे त धेरैकाे जति खेति गरे पनि परिवार ठुलाे भएकाेले बर्ष भरी खान पुग्थेन । त्यसरीनै मासुकाे जाेहाे, दक्षिणाकाे जाेहाेले त झन बुवाहरू कत्ति दिनसम्म त निदाउन सक्थेन्न । याे याैटा बुवाहरूकाे समस्या भयाे ।
उता आमाहरू पनि कहाँ सुखका श्वास फेरीरहेका हुन्थे त ? आमाहरूले घरका भित्ताहरू यसरी भत्किएका हुन्थे कि फेर्नलाई पैसा हुन्न थियाे त टाल्न लाई साध्य थिएन, तर पनि टाल्थे आमाहरूले सकि -नसकी ।आमाहरूले भान्साबाट पनि छुट्कारा पाउँदैन्न थिए । यतिसम्म कि माईतिघर जाउँ भनेर टीकाकाे पर्सीपल्टसम्म पनि निस्किन पाउँदैन थिए । त्यसकाे कारण नै ठुलाे परीवारकाे पकाई – तुल्याई ।
त्याे समय आफ्नाहरू आउँथे । घरभित्रका आउँथे । घर बाहिरका पनि आउँथे । कहिल्यै नआउनेहरू आउथे त काेहि साेच्दै नसाेचेकाहरू आउँथे । त्यसैले अधिकाँश बुवाहरू र आमाहरूकाे निद हराम हुन्थ्याे ।
उता छाेराछाेरीकाे छुट्टै पीडा हुन्थ्याे । दशैंभरी पुग्ने घाँस काट्नु पर्थ्याे । जँगलबाट कमेराे, राताे ईत्यादी माटाे ल्याउनु पर्थ्याे । दाउरा लिएर आउनु पर्थ्याे । घरका थाेत्रा खाटका तन्नाहरू सफा पारेर धुने देखि लिएर काेठा मिलाउनेसम्मका कामकाे चटाराे हुन्थ्याे । काेठामा गहुँकाे पिठाे पकाएर भित्ताभरी पत्रिका टास्ने काम । काेठामा बर्षभरी नमिलेर बसेका सामानहरू मिलाउने काम । काेठा र घरभित्र कुन सामानकाे ब्यवस्था कसरी गर्दा राम्राे देखिएला भनेर घाेत्लिने देखि लिएर मिलाउने सम्मका काम । आँगनमा फुलहरू गाेड्ने काम । माटाेकाे गमलामा हाेस् या बाेराकाे गमलामा भएका फुलहरू गाेड्ने देखि लिएर सार्ने सम्मका काम । गाउँमा पिँङ हाल्ने सल्लाह देखि पैसा उठाउने,डाेरी बाट्ने ,बाँस काट्ने,गाड्ने र पिङ बनाउने सम्मका काम आम छाेराछाेरीकाे भागमा पर्थ्याे ।
दशैँ नजिकिदै गर्दा सम्पुर्ण रूपमा गाउँका हरेक मान्छेहरूकाे पानी पिउने फुर्सद हुन्न थियाे । बुवाहरूकाे आउने जानेहरूलाई टीका लगाईदिने कामले फुर्सद हुन्न थियाे , आमाहरूलाई पकाउने र खुवाउने कामले श्वास फेर्न बिर्सिरहेका हुन्थे । छाेराछाेरीहरू पिङ खेल्ने देखि लिएर याेजनाबद्ध रूपमा धेरै भन्दा धेरै घरमा गएर टीका लगाउनमा आतुर हुन्थे । र जब दशै सक्किन्थ्याे फेरी पुरानै लयमा सबै फर्किन्थे । सबैलाई रिणले थिचेकाे हुन्थ्याे । सबैलाई थकानले गलाई सकेकाे हुनथ्याे त सबैलाई रहरले पुगि सकेकाे हुन्थ्याे । कसैकाे मन एक हिसाबले दुखितनै बनाएकाे हुन्थ्याे किनकी पुरानै जिवनशैलीमा र लयमा फर्किएर काम गर्न नसक्ने गरि मन र मस्तिष्क थिल्- थिलाे भै सकेकाे हुन्थ्याे । रहरै रहरमा मनाउला भनेर आएकाे दशैंले दुखै- दुखकाे चँगाेलमा पुर्याएर फर्किएकाे तिताे यथार्थ आँखैअघि हन्थ्याे त्याे बेला ।
यसरी बुझ्दा , दशैंले खुशीहरू ल्याउँछ , आत्मियता बढाउँछ भन्ने जुन भाष्य निर्माण गरिएकाे छ त्याे बिलकुल गलत छ । किनभने दशैंले खुशी ल्याउँछ भनियाे तर सबैलाई दुखित पारेर गयाे । यतिसम्मकाे दुखि कि मुहारकाे खुशी पनि हराए जस्ताे भाे र आत्मियता बढाउँछ भनियाे तर दशैमा मासु के खाने , कसरी खाने , टीका निधारमा कति लगाउने , जमरा कस्लाई बढी लगाईदिने , दक्षिणा कसलाई कुन हिसाबले दिने बाहेक बर्षाै पछिकाे भेटमा दुखका कुरै भएन । भएपनि बिल्कुल कम भयाे । जिवनमा आएका यावत दुखलाई कसरी हल गर्ने कुरै हुन्न थियाे । मासु कम खानु पर्छ भनेर सल्लाह हुँदैन्थ्याे । दक्षिणा दिने चलन हटाउनु पर्छ भनेर कहिल्यै साेचिएन । यावत यस्ता धेरै कुरिती बारे कुनै ठाेस सल्लाह बिनानै बर्षाैदेखि दशैं मान्दै आए ।
पृथ्वीनारायण शाहकाे नेपाल एकीकरण सँगसँगै देश ब्यापी रूपमा जबर्जस्तिकै रूपमा भएपनि फैलिएकाे दशैं पर्व अहिले आएर झनै डरलाग्दाे रूप लिएर गएकाे छ । एक ताका दशैं नमनाउने भनेर अस्विकार  गर्दा पुर्वका दुई जनजाती समुदायका सुम्निमा र पारूहाङलाई झुण्ड्याएर मारेकाे तिताे घटनाबाटै थाहा हुन्छ कि दशैं हिन्दुहरूकाे चाड थियाे र बिस्तारै सबैलाई मान्न बाध्य गराईयाे । बलजफ्ति मनाउन लगाईएकाे दशैंले फाईदा सिमित वर्ग र समुदायलाई बाहेक सबैलाई मार्ने काम गर्याे र गरिरहेकाे छ । आज आएर झन पुँजीबादी बजारले त यसरी दशैंलाई बिकृत बनायाे कि पाँच हजारले मनाउन सकिने दशैंलाई पचास हजारले पनि नपुग्ने बनाई दियाे । एकले अर्काकाे देखेर जति पनि खर्च गर्नु पर्ने र नसके ऋण खाेजेर पनि प्रतिस्पर्धामा आउनु पर्ने बनाई दियाे । खर्च कम गराै भनेर पनि नसक्ने बाध्यात्मक परिस्थिती सृजना गरेर याे पुँजीवादले सारा नेपालीहरूकाे जीवन स्तरनै तहस नहस पारी दियाे र पनि नेपालीहरू दशैं मान्न र मनाउन पछि परेका छैन्न र महसुस गरेका छैन्न कि गलत गरिरहेका छाै ।
त्यसकारण भन्न खाेजिएकाे के हाे भने दशैं चाड सँस्कृतिका रूपमा सबैले मनाउँदै आए तर बिस्तारै प्रत्येकका लागि दाँतमा लागेकाे ढुङ्गाे जस्तै भयाे । के कारणले यस्ताे भयाे यसबारे बहस हुन आवश्यक छ ।  नेपालीहरूकाे जिवनमा यसरी बाधक बनेर दशैं बसेकाे छ तर यसलाई कसरी मनाउँदा उचित हुन्छ , यसबारे पनि वहस आवश्यक छ । दशैं सबै जनजाती, थारू ,मुस्लिम लगायतका उत्पिडित राष्ट्रहरूले मनाईरहदा उनिहरूकाे माैलिक भाषा ,परम्परा , सँस्कृतिकाे लाेप भईरहेकाे यथार्थकुरा बारे बुलन्दका साथ वहस गरिनु पर्छ । आज याैटा थारूले दशैं तिहार मनाउँन उद्दत भईरहदाँ उसले आफ्नाे सँस्कृति नास भएर गईरहेकाे उ स्वयमले महसुस गर्न सकिरहेकाे छैन । यसका लागि थारू स्वयमले मात्रै हाेईन कि सबैले यसबारे साेच्नै पर्ने हुन्छ । जनजातीहरूकाे माैलिक भाषा र सँस्कृति बिस्तारै हराउँदै गईरहेका छन् यसकाे जगेर्ना गर्न आवश्यक छ , यसका लागि सबैले ध्यान दिनु पर्नेछ ।
र अर्काे मुख्य कुरा के हाे भने दक्षिण एसियामा यस्तै चाडपर्व यहाँका धेरै मान्छेहरूले ध्यान दिएर मनाउने भएका कारण पनि यहाँकाे जिवनस्तर झन- झन खस्किदाे अवस्थामा छ । यहाँ कुनै पनि सँस्कृति भनेर मनाईने हरेक चार्ड पर्वहरूलाई स्वयम् आफैले बढी भन्दा बढी खर्च  गरेर मनाउने चलन चलि आएकाे  छ त्यसलाई आजैबाट हटाउन र नियन्त्रण गर्न थाल्नु पर्नेछ । यदि यसाे गरिएन भने हामी सबैकाे जीवन याे दलाल पुँजी बजारले खाई दिनेछ । तसर्थ हिजाेदेखि चलेर आएकाे चलन ठिक छ कि छैन साेच्नु पर्नेछ । हिजाेदेखि मनाउँदै आएकाे पर्वले हाम्राे जन जिवननै यसरी  सिध्याउँदै लगेकाे छ त अब कसरी याे खतराबाट मुक्त हुने भन्ने अनिवार्य साेच्नु पर्नेछ । दलाल पुँजीवादी बजारलाई कसरी तह लगाउने हाे सबैले हातेमालाे गरेर अघि बढ्दै यसलाई सिध्याउनु पर्नेछ ।
चपुर, राैतहट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

गीतकार होमनाथ न्यौपानेको आधुनिक गीत जहाँ जहाँ… सार्वजनिक (भिडियोसहित)

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।

काउरे पिपल डाँडाको भलिवल प्रतियोगिता ज्वाला देवी स्याङ्जाको पोल्टामा।


TOP