मध्यनेपाल नगरपालिकाको रामबजारमा सोर्हौ राष्ट्रपती रनिङ शिल्ड शुरु। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिकाको रामबजार कुसुमाकर माविमा सोर्हौ राष्ट्रपती रनिङ शिल्ड छनौट प्रतियोगिता आज देखी शुरु भएको छ। नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा शुरु भएको उक्त कार्यक्रममा पालिका भरिका विद्यार्थी शिक्षकहरुको उपस्थितिमा साथै पञ्चे बाजा गाजा झाँकी र्यालीको साथमा भएको भएको थियो।

मध्यनेपाल नगरपालिकाको आयोजना एवम कुसुमाकर माविको ब्यवस्थापनमा भएको कार्यक्रम उक्त कार्यक्रमको र्याली कुसुमाकर माबीको प्राङण देखी हस्पिटल चोक मादिनदी पूल चोक हुँदै करापुटार चोक देखी रामबजार बजार प्रक्रिमा गरी स्कुल प्राङण पुगेर सभामा पारीणत भएको थियो।

प्रमुख आतिथी पाण्डेले दिप प्रज्वलन गरी शुरु भएको उक्त कार्यक्रममा बिशेष अतिथि प्रमुख प्रशासकिय अधीकृत चन्डिका पौडेल, नगर प्रवक्ता एवम वडा नं दशका अध्यक्ष राम्चन्द्र भन्डारी, वडा नं पाचको वडा अध्यक्ष ओमबिर गुरुङ, वडा नं छको बिष्णु भक्त पौडेल, वडा नं सातको अध्यक्ष हिरा गुरुङ सहित अन्य जनप्रतिनिधीहरु लगायत बुद्दिजिवी वर्गहरुको उपस्थिती रहेको थियो।

खेलमा बिद्यार्थीहरुको सह्भागिताले खेल प्रवर्दनले न्यायोचित रुप दिदै राष्ट्रिय हुँदै अन्तरराष्ट्रिय रुपमा पुग्ने लक्ष राख्ने बताउदै प्रमुख अतिथी पाण्डेले उद्घाटन खेलमा खेलाडीहरुलाई बल हस्तान्तरण गर्दै हौसला प्रदान गर्नु भएको थियो।

खेल तालिकामा आजको औपचारिक कार्यक्रमा सहित कार्तिक २९ गते, कार्तिक ३० गते, २०८१ मंसिर १ गते, रहेको जसमा छात्रा छात्रहरुको ३००० मिटर, १६०० मिटर, १५०० मिटर, ८०० मिटर, ४०० मिटर, १०० मिटर, २०० मिटर दौड, भलिवल, सटपुट, हाई जम, लमजम, ज्याभलिन थ्री, आदी रहेका छन भने यि सबै खेलहरु ईशानेश्वर खेल मैदान करापुटार(सिसौघारीमा) खेलाईने छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP