मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न। – Sarangi News

लमजुङ। जिल्ला प्रहरी कार्यलय लमजुङको आयोजनामा ईप्रका भोर्लेटारको सह आयोजनामा मध्यनेपाल ४ दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। मध्यनेपाल नगरपालिका नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मध्यनेपाल नगरपालिकाका नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो।

ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर याम नरायण अर्यालले स्वागत मन्तव्य राख्दै शुरु भएको कार्यक्रममा मध्यनेपाल नगरपालिकाका जनप्रतिनिधी बुद्दिजिवी र राजनैतिक कर्मी ब्यवसायिक कर्मी लगायत सबैको उपस्थिती रहेको थियो।

प्रमुख अतिथी पाण्डेले दिप प्रज्वलन गरि शुरु भएको कार्यक्रममा स्वागत मन्तव्त लगत्तै पब्लिक फ्लोर ओपन गरिएको थियो। जसमा शान्ती सुरक्षा चोरी डकैत, यातयात सवारी साधन भाडा दर लगायत प्राकृतिक दोहनका बिषयमा सुनुवाईमा उपस्थित जिम्मेवार नागरिकहरुले प्रश्न राख्नु भएको थियो। जसमा प्रमुख जिल्ला अधिकारी बुद्द बहादुर गुरुङ र, जिल्ला प्रहरी कार्यलय लमजुङ प्रमुख निशान्त श्रीवास्तवले जवाफ दिनु भएको थियो।

प्रमुख अतिथि पाण्डेले जनप्रतिधीहरु अनुकरण अनुशरण र उदाहरणिय हुन पर्दछ। भन्दै शान्ती सुरक्षा र लगायत नागरिकता सम्बन्धी समस्यमा यसै कार्यक्रम मार्फत सम्बन्धित निकायमा पुग्ने बताउनु भयो।

त्यस्तै गरेर प्रमुख जिल्ला अधिकारी बुद्द बहादुर गुरुङ्ले नागरिकहरुबाट उठेको प्रश्नको जवाफमा जिल्ला भरको भाडा दर कायम गरिएको बताउदै अन्तर प्रदेशिय नियमनमा प्रमुख जिल्ला अधिकारीको अधिकारमा नरहेको बताए। कायम गरिएको भाडामा नियम उल्लङ्घन गरिएका सवारी साधनहरु कारवाहिमा परि रहेको बताउनु भयो।

अन्त्यमा कार्यक्रमका अध्यक्ष एवम जिल्ला प्रहरी कार्यलयका प्रमुख निशान्त श्रीवास्तवले यस क्षेत्रमा प्रहरीले राम्रो काम गरेको पुष्टि गर्नु भएको थियो किन भने प्रहरी संग सम्बन्धित बिषय प्रश्न कमै भएको बताउदै यसर्थमा पनि प्रहरिको सकृयता भएको बताए। समाजमा कुनै पनि अपराध भएको छ भने तपाईहरुको  साथ र सहयोग दिएमा अपाराधिक क्रियाकलाप कम गर्दै लैजान सकिने बताउनु भएको थियो। सवारी साधन र अनुमती पत्रमा नियमन रहेर काम गर्दा कुनै पनि घट्नाबाट बच्न बचाउन सकिने समेत बताउनु भएको थियो। साथै समुदायको साथ र सहयोगले पक्कै पनि मैले समाजमा मेरो जिम्मेवारी निभाउन सक्ने बतानउदै कार्यक्रमको समापन गर्नु भएको थियो। भने कार्यक्रम संचालन असई आकाश तामाङ्ले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP