Trend
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान  ||   गोरखाका विद्यार्थीलाई पोसाक  ||   शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।  ||   कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न।  ||   र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चा  ||   नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी  ||   गुम्दै गएको शिक्षकको गरिमाः कसरी उकास्ने ?  ||   एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ?  ||  
बुधबार , माघ ९, २०८१
गोरखाका विद्यार्थीलाई पोसाक – Sarangi News

गोरखा । बारपाक-सुलिकोट गाउँपालिका–४ स्थित ज्वालामुखी प्रा.वि. घुन्चोकटार र हिमालय मा.वि. मा अध्ययनरत ३५० जना विद्यार्थीहरूलाई लक्षित गर्दै बृहत् पोसाक वितरण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स इन्टरनेसनल ३२५ K अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ ड्रिमसिटीको संयोजनमा गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारपाक-सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट प्रमुख अतिथि थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डिस्ट्रिक ३२५ K का क्याबिनेट सेक्रेटरी लायन महाप्रसाद पाण्डे र चिफ एडभाइजर लायन विष्णुहरि फुयालको उपस्थिति थियो । साथै आइटी को-चिफ तथा LCK ड्रिमसिटीका संस्थापक अध्यक्ष लायन यज्ञराज पौडेल, जोन चियरपर्सन गोपालप्रसाद सापकोटा, २०२४-२५ अध्यक्ष लायन राजिन पनेरू, HIDCL वरिष्ठ प्रबन्धक रमेश पनेरू, पुरुषोत्तम पनेरू, लायन दिनेश पनेरू, देवप्रसाद ढकाल, लोकनाथ पनेरूलगायत अतिथिका रूपमा सहभागी थिए ।

लायन दीपक पनेरू संयोजक तथा लायन रमेशप्रसाद ढकाल र लायन दीपेन्द्र बास्तोला सह-संयोजन रहेको सो कार्यक्रमका बारेमा प्रकाश पार्दै क्लबका अध्यक्ष लायन राजिन पनेरूले देशभित्र तथा देशबाहिर रहेका मनकारी दाता तथा क्लबको पूर्ण सक्रियतामा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक एवम् सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याएको बताए ।

विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पनेरूले कार्यक्रमले विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्न र आधारभूत आवश्यकता पूर्तिमा सहयोग पुर्‍याएको बताए । कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यालयका विद्यार्थीहरूको लागि यस्ता कार्यक्रमले शिक्षा र स्वास्थ्यप्रति सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक हरिराम ढकालले गरेका थिए ।

हामी सेवा गर्छौँ भन्ने मूल नारा रहेको लायन्स विश्वका २ सयभन्दा बढी राष्ट्रमा १४ लाखभन्दा ज्यादा सक्रिय सदस्य रहेको परोपकारी संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपाल ईसाई एकता समाजले ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

मध्यनेपाल नगरपालिका रामबजारमा मुख स्वास्थ्य सेवा दन्त क्लिनिक शुरु।

मध्यनेपालमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान कार्यक्रम सम्पन्न।

शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।

कालीगण्डकीमा आधारित सरकारी आयोजना र सर्वोच्चको त्रुटिपूर्ण फैसलाप्रति गम्भीर ध्यानाकर्षण


TOP