Trend
कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न।  ||   र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चा  ||   नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी  ||   गुम्दै गएको शिक्षकको गरिमाः कसरी उकास्ने ?  ||   एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ?  ||   शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान  ||   मध्यनेपाल ईसाई एकता समाजले ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न।  ||   र्‍यान्डममा बुद्ध दर्शनको चर्चा  ||  
बुधबार , माघ २, २०८१
कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न। – Sarangi News

लमजुङ। श्री कुसुमाकर मावी रामबजारको ३५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री डा टकराज गुरुङको प्रमुख आतिथ्यमा भव्यताका साथ हिजो माघ १ गतेका दिन सम्पन्न भएको छ।

नगर प्रमख रमेश कुमार पाण्डे, उप प्रमुख सिता गुरुङको बिशेष आतिथ्यमा भएको उक्त औपचारिक समारोहको सभापतित्व कुसुमाकर माद्यामिक बिद्यालय ब्यवस्थापन् समितिका अध्यक्ष देवेन्द्र सिंह घिमिरेले गर्नु भएको थियो। शुरुमा वडा अध्यक्ष हिरा बहादुर गुरुङको सहकार्यमा गैर सरकारी सस्था फ्युचर जेनेरेसन नेपालका मधनेपाल प्रमुख टिका वली १७० थान स्पोर्टस ड्रेस विद्यार्थीहरुलाई वार्षिकोत्सव समारोहको अवसर पारेर बिशेष अतिथी नगर प्रमुख रमेश कुमार पाण्डे द्वारा हस्तान्तरण गररिएको थियो।

प्रमुख अतिथी मन्त्री गुरुङले दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा विद्यार्थीहरुले पिटी प्रदर्शनमा सटकुट आकारमा बिद्यालयको नाम र नेपालको झन्डा आकार प्रदर्शन गरी भव्यताका साथ प्रमुख अतिथी लगायत सम्पूर्ण अतिथी लगायत अभिभावकहरुलाई स्वागत गरिएको थियो। साथै ईशाने श्वर बालुन समुह द्वारा बालुन प्रदर्शन, शिक्षक रमेश लामिछानेको निर्देशनमा नाट्क “मातृभूमी” प्रदर्शन, भजन गायक प्रेम राज अधिकारी द्वारा भजन गायन, हरेक कक्षाका बिद्यार्थीहरुले नाँच प्रस्तुत, बुद्द आमा समुह लगायतले साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

त्यस्तै गरेर प्रमुख अतिथिको मन्तव्यमा छोटो समयमा बिद्यालयले गरेको प्रग्तिको प्रसंशा गर्दै कुसुमाकर घिमिरेको बारेमा स्मरण गर्दै बिद्यालयका सस्थापक सहिदहरुलाई सम्झनु भएको थियो। बिद्यार्थीहरुलाई योग्य र सक्षम बनाउनु पर्ने बताउदै राष्ट्रमा धेरै बिकास भएको, सामाजिक बिभेद रहेको, हाईड्रो पावर प्र्गती भएको भएको देशमा धेरै सम्भावना रहेको कृषिलाई आधुनिकिकरण गरी कृषि सामाग्री निर्यात गरी देशमा प्रगती गर्न सकिने देशमा धेरै सम्भावना र भविश्य छ भन्दै विद्यार्थीहरु र युवाहरुलाई संकेत गर्दै बिदेश जाने एक लहर छ त्यसलाई त्यागी देशमै बसेर सेवा त्याग समर्पण र देश बिकास गर्न आव्हान गर्नु भएको थियो। स्वरग जस्तो हाम्रो नेपाल हिजोको तुलनामा धेरै बिकसित भाई सकेको समेटा बताउनु भएको थियो। राजनैतीक अस्थिरताले गर्दा बिकास निर्माण लगायत धेरैमा समस्या सिर्जना भएको बताउदै यस् क्षेत्रमा खानेपानी सडक पुल,ईशाने श्वर महादेव मन्दिर, मध्यपहाडीको समस्या, पिस्ती खोलाको पुल, लगायत समुह समाजको गुम्बा भवनहरुको सरकारको थोरै बजेटले पनि बिस्तारै कार्यदिशा तर्फ उन्मुख रहेको बताउनु भएको थियो।

त्यस्तै गरेर बिषेश अतिथिको मन्तव्यमा मध्यानेपाल नगर उप प्रमुख सिता गुरुङले ३५ औं वार्षिकोत्सव समारोहको भव्य सफलताको शुभकामना सहित उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी भाई बहिनिहरुलाई बधाई दिदै बिद्यालयको नाम रोशन गर्न सफल भएकोमा बिद्यालय शिक्षक सबैको हात रहेको बताउदै आउँदा दिनहरुमा थप अझै बढी सफलता प्राप्त गर्न सकोस भन्दै नगरपालिकाको तर्फबाट बिद्यालयलाई गर्नु पर्ने कुनै पनि सहयोग नछुट्ने प्रतिवद्दता जाहेर गर्नु भएको थियो।

नेपाली काङ्रेसका जिल्ला उप सभापती आनन्द घिमिरेले प्रमुख अतिथिले दिनु भएको वचनहरु पक्कै पनि कार्यन्वयन हुने छन भन्दै आँफैले अगाडी बढाएको यस् बिद्यालयले गरेको प्रगतीले गौरावान्वित भएको बताए। साथै बर्तमान अवस्थामा आवश्यक शिक्षाको कुनै पनि कमी नहोस् समेटा भन्नु भएको थियो। प्रविधी मैत्री शिक्षा बनोस, जसल्के बालबालिकाका भविश्य बर्तमान शिक्षाली सुनिश्चित गर्न सकोस भन्नु भएको थियो।

राम चन्द्र घिमिरे शाश्त्री, पुर्व शिक्षक बाबुराम घिमिरे, पुर्व बिद्यालय ब्यवस्थापना अध्यक्ष गगन घिमिरे, ईशाने श्व माविका प्र अ राम कृष्ण घिमिरे , नेकपा एमाले मध्यानेपाल नगरकमिटिका अध्यक्ष सुमन श्रेष्ठ, नेपाली काङ्रेस मध्यानएपाल सभापती वसन्त राज घिमिरे, नेकपा माओवादी केन्द्र मध्यनेपालका अध्यक्ष लाल जङ दुरा, लगायतका बिभिन्न राजनैतीक दलका नेता तथा कार्यकर्ताहरुले बिद्यालयको उत्तरोत्तर प्रगती एवम साना तिना कमिकमजोरिहरु औल्याउदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए।

सहायक प्रधानाध्यापक प्रदिप राज घिमिरेले स्वागत मन्तव्य राख्नु भएको थियो भने, आर्थिक प्रतिवेदन लेखापल काम प्रसाद गुरुङले गर्नु भएको थियो। त्यस्तै गरेर वार्षिक प्रतिवेदन प्रधानाध्यापक  ध्रुवराज घिमिरेले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम सन्चालन शशिराज घिमिरे गर्नु भएको थियो।

अन्त्यमा बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष उक्त कार्यक्रमका सभापती देवेन्द्र सिंह घिमिरेले हाम्रो निमन्त्रणालाई स्विकारेर कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्ने प्रमुख अतिथी बिशेष अतिथी अतिथिहरु, अभिभावक लगायत यस् कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका शिक्षक बिध्यार्थी सबैलाई बिशेष धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP