प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ – Sarangi News

बेसीशहर (लमजुङ), कार्तिक १४ । बेसिशहरमा रातिको समयमा घर र सहकारी भवनमा ढुंगा प्रहार गरी सिसा फुटाउने घटनामा संलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ कार्तिक १३ गते राति, बेसिशहर नगरपालिका–८ स्थित प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको घर र सोही वडाको झ्याङखोला स्थित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनमा अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका थिए। घटनामा दुवै स्थानका झ्यालका सिसा फुटेका थिए।

घटनाबारे आज बिहान जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, लमजुङबाट प्रहरी टोली खटाई अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी अभिषेक पाण्डेले जानकारी दिनुभयो।

अनुसन्धानका क्रममा घटनामा संलग्न तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा बेसिशहर–८ का आयुष आलेमगर, दोरदी गाउँपालिका घर भई हाल बेसिशहर–८ बस्ने प्रदीप तामाङ, र बेसिशहर–१० निवासी योगेश तामाङ रहेका छन्। ती सबैको उमेर करिब २० वर्ष आसपासको रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने

रेडक्रसको वक्‍तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम

कालिका माविको अध्यक्षमा मोहन थापा

लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना


TOP