Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
​दीपक माविको ६७ औं वार्षिकोत्सव सम्पन्न, लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम – Sarangi News

बेनी । ​म्याग्दीको बेनी नगरपालिका १०, पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा जिल्ला स्तरीय अन्तर मावि लोकनृत्य प्रतियोगिता एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान गौचनको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि एवं नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले गर्नुभएको थियो।
​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले शिक्षालाई संस्कार र पहिचानसँग जोड्नुपर्नेमा विशेष जोड दिनुभयो।

“हाम्रो संस्कृति नै हाम्रो मौलिक पहिचान हो,” भण्डारीले भन्नुभयो, “आधुनिकताको नाममा अङ्ग्रेजी भाषाको मात्र पछि लाग्दा हाम्रो मौलिकता मेटिने खतरा छ। तसर्थ, भाषा र संस्कृतिको जगेर्ना गर्ने मुख्य थलो विद्यालय नै बन्नुपर्छ।”​शिक्षाको गुणस्तरका बारेमा समाजमा रहेका भ्रमहरू चिर्दै उहाँले विद्यालय, अभिभावक र विद्यार्थीको सम्बन्धलाई ‘ओदान’ सँग तुलना गर्नुभयो। ओदानका तीन खुट्टा जस्तै यी तीन पक्ष सक्रिय भए मात्र शैक्षिक गुणस्तर कायम हुने उहाँको तर्क थियो। विद्यालयको वर्तमान शैक्षिक नतिजाको प्रशंसा गर्दै भण्डारीले टिमका सदस्यहरूको मनोबल बढाउँदै आपसी सहयोग, समन्वय र पारदर्शितामा जोड दिन सुझाव दिनुभयो।

लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम

वार्षिकोत्सवको अवसरमा आयोजित जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा जिल्लाका ८ विद्यालयलाई पछि पार्दै न्यू वेस्ट पोइन्ट मावि प्रथम हुन सफल भएको छ। प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय द्वितीय, बेनी सामुदायिक मावि तृतीय र आयोजक दीपक माविले सान्त्वना स्थान हासिल गरेका छन्। विजेता विद्यालयहरूले क्रमशः नगद १५ हजार, १० हजार, ७ हजार र ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

​समारोहमा शुभकामना व्यक्त गर्दै छिमेकी विद्यालय गलेश्वर माविका सहायक प्रधानाध्यापक महेन्द्र राईले विद्यालयहरू प्रतिस्पर्धी नभई सहयात्री हुनुपर्ने धारणा राख्नुभयो। त्यस्तै, शिक्षक अभिभावक संघका अध्यक्ष हरि गर्बुजाले विद्यालयको विकासमा अभिभावकको भूमिका अपरिहार्य रहेको बताउनुभयो।

​शिक्षक कुमारी पाइजाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक गणेश चोखालले गर्नुभएको थियो।

समारोहमा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक र खेलाडीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP