करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन – Sarangi News

 

लमजुङ, २३ माघ ।

लमजुङको मध्यनेपाल नगरपालिका–७, करापुटारस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल श्री ईशानेश्वर महादेव मन्दिर क्षेत्रमा यस वर्षको ‘महाशिवरात्री मेला–२०८२’ विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रमका साथ सञ्चालन गरिने भएको छ । श्री ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले शनिबार बैठक बसी मेला व्यवस्थापनको पूर्ण खाका र जिम्मेवारी बाँडफाँड सार्वजनिक गरेको हो ।

धार्मिक अनुष्ठान र महायज्ञ

यस वर्षको मेलाको मुख्य आकर्षणका रूपमा वरिष्ठ कथावाचक पण्डित श्री दीपक सापकोटाज्यूको मुखारवृन्दबाट श्रीमद् भागवत कथा वाचन तथा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरिनेछ । माघ २९ गते मन्दिर क्षेत्र वरपर कलशयात्रा गरी महायज्ञको समुद्घाटन गरिने र फागुन ४ गते विधिवत् समापन गरिने समितिले जनाएको छ । सन् २०६६ मा स्थापित यस समितिले हरेक वर्ष महाशिवरात्रीको अवसरमा यस्ता आध्यात्मिक कार्यक्रमहरू गर्दै आएको छ ।

परम्परा र आस्थाको केन्द्र

फागुन ३ गते महाशिवरात्रीको मुख्य दिन यहाँ विशेष रौनक रहनेछ । परापूर्व कालदेखि चल्दै आएको सन्तान प्राप्तिका लागि रातभर ‘ठाडा बत्ती’ बाल्ने, ऐश्वर्य वृद्धि र पितृ उद्धारका लागि जाग्राम बस्ने र श्रीमान्को दीर्घायुको कामनासहित पुरुष बत्ती बाल्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइनेछ । सोही दिन सामूहिक व्रतबन्ध, १०८ धारा स्नान, १०८ शिवलिङ्ग दर्शन, र शिवधुनी लगायतका धार्मिक कार्यहरू हुनेछन् ।

मेलाका अन्य आकर्षणहरू

मेलामा धार्मिक कार्यका साथै कृषि मेला प्रदर्शनी, करापुटारे ठाडो भाका प्रस्तुति, राष्ट्रिय कलाकारहरूबाट लोक भजन, रामलीलामा आधारित बालुन प्रस्तुति, महिला तथा पुरुष भलिबल र छेलो प्रतियोगिता समेत आयोजना गरिनेछ । मन्दिर क्षेत्रमा मदिरा र मासुजन्य पदार्थको बेचबिखनमा पूर्ण रोक लगाइएको छ ।

​मेला व्यवस्थापनका लागि गठित समिति तथा उपसमितिहरू:

महाशिवरात्री मेला – २०८२’ का अवसरमा सञ्चालित समग्र कार्यको उत्तरदायित्व श्री गुणराज घिमिरेका अध्यक्षतामा गठित श्री ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको रहने छ  घिमिरेको संयोजकत्वमा मूल समिति र ३६ वटा विशिष्ट उपसमितिहरू गठन गरिएको छ:

  • मूल समिति संयोजक: गुणराज घिमिरे
  • सह–संयोजक: श्री नेत्र बहादुर के. सी.

उपसमिति र संयोजकहरूको नामावली:

१. स्वास्थ्य उपचार: श्री धर्मनिधि घिमिरे

२. फोहोर मैला व्यवस्थापन: श्री लक्ष्मण विश्वकर्मा

३. अनुगमन: श्री खगराज घिमिरे (सदस्यहरू: विष्णूहरि, मणिराम, ध्रुवधर र श्रीप्रसाद घिमिरे)

४. सूचना तथा सञ्चार: श्री प्रदिप राज घिमिरे

५. कुपन व्यवस्थापन: श्री बलराम घिमिरे

६. स्वयम् सेवक परिचालन: श्री सुक बहादुर विश्वकर्मा

७. बसेर बाल्ने बत्ती व्यवस्थापन: श्री लक्ष्मण बहादुर विश्वकर्मा

८. ठाडा बत्ती व्यवस्थापन: श्री नवराज घिमिरे

९. अतिथि सत्कार: श्री राज्यलक्ष्मी सोती

१०. आर्थिक व्यवस्थापन: श्री सूर्यनाथ घिमिरे

११. भण्डारा व्यवस्थापन: श्री पुष्पराज घिमिरे

१२. १०८ धारा स्नान व्यवस्थापन: श्री माधव प्रसाद घिमिरे

१३. रङ्ग, रोगन तथा ध्वजापताका: श्री रविचन्द्र घिमिरे

१४. यज्ञ मण्डप व्यवस्थापन: श्री सुकदेव वास्तोला

१५. दान पात्र व्यवस्थापन: श्री कृष्ण मुरारी घिमिरे

१६. भजन चुड्का व्यवस्थापन: श्री हरिकृष्ण घिमिरे

१७. प्रमाणपत्र व्यवस्थापन: श्री शशिराज घिमिरे

१८. विद्युत व्यवस्थापन: श्री केशवराज अधिकारी

१९. गणेश मन्दिर दर्शन: श्री ईश्वरी प्रसाद घिमिरे

२०. नैवेद्य व्यवस्थापन: श्री कृष्ण प्रसाद घिमिरे

२१. शौचालय व्यवस्थापन: श्री दिपक बाबु घिमिरे

२२. खानेपानी व्यवस्थापन: श्री सूर्यकुमार श्रेष्ठ

२३. धान्यपर्व व्यवस्थापन: श्री भिम बहादुर भुजेल

२४. बत्ती बुझाउने व्यवस्थापन: श्री पुष्पराज घिमिरे

२५. पूजा व्यवस्थापन: श्री गोविन्द प्रसाद सोती

२६. सामूहिक व्रतबन्ध: श्री रामचन्द्र सोती

२७. शिव धुनी व्यवस्थापन: श्री चिरञ्जिवी घिमिरे

२८. सदाबर्त दान व्यवस्थापन: श्री चन्द्र किरण घिमिरे

२९. १०८ शिवलिङ्ग व्यवस्थापन: श्री रुद्रनाथ घिमिरे

३०. पार्वती मन्दिर दर्शन: श्री ऋतराज पोख्रेल

३१. जलेश्वर मन्दिर दर्शन: श्री बलराम घिमिरे (भाटबेसी)

३२. गौरीकुण्ड वासुकी नाग दर्शन व्यवस्थापन उपसमिति संयोजक : श्री विनोद बाबु घिमिरे
३३. श्रीराम एवम् हनुमान मन्दिर दर्शन व्यवस्थापन उपसमिति संयोजक : श्री वासुदेव घिमिरे
३४. करापुटारे ठाडो भाका लोक दोहोरी गायन व्यवस्थापन उपसमिति संयोजक : श्री गणेश बहादुर गुरुङ
३५. सचिवालय व्यवस्थापन उपसमिति संयोजक : श्री देवेन्द्र सिंह घिमिरे
३६. पार्किङ एवम् भलिबल तथा छेलो प्रतियोगिता व्यवस्थापन : श्री करापुटार क्लब, रामबजार

क्षेत्र विकास समिति र पुजारी समितिको समन्वयमा हुने यस मेलामा देश–विदेशबाट आउने भक्तजनहरूको सुरक्षा र सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको मुल समारोह संयोजक क्षेत्र बिकास समितिको अध्यक्ष गुणराज घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

 ‘युके बस्ने दाइ’ लिएर आइन् गायिका शान्ति (भिडियो)

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई


TOP