परिषद्को तयारीमा शिक्षक महासङ्घ, कास्की – Sarangi News

पोखरा, पुस २३ गते । नेपाल शिक्षक महासङ्घ, कास्कीले प्रथम जिल्ला परिषद्को तयारी तीव्र बनाएको छ । पुस २७ गते गोल्डेन हाउस पार्टी प्यालेस, जिरो किमि, पोखरामा हुने परिषद्‌मा शिक्षक सम्मान र अन्तर्क्रियासँगै शिक्षकका हकहितका विषयमा व्यापक छलफल हुने महासङ्घका सहअध्यक्ष तथा परिषद् व्यवस्थापन समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए ।

सोही अवसरमा ‘सङ्घीय शासन प्रणालीमा विद्यालय शिक्षा र स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रियासमेत हुने छ । महासङ्घले शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता दिने निर्णय कार्यान्वयनका लागि कास्कीका पाँचओटै स्थानीय तहलाई दबाब दिने निर्णय यसअगि नै गरेको थियो । परिषद्‌का अवसरमा स्थानीय भत्ता दिलाउन थप पहल गर्नका लागि छलफल हुने सहअध्यक्ष बरालले बताए ।

जिल्ला समिति कास्कीका अध्यक्ष भोलानाथ पौडेलले शिक्षक आन्दोलनका सन्दर्भमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षकहरूलाई विशेष सम्मान गरिने जानकारी दिए । कास्की जिल्लाभरका शिक्षकहरूलाई कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन शिक्षक महासङ्घ, कास्कीका सचिव हर्कबहादुर लामिछानेले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

कास्की आइडल एलिमिनेसन राउन्डमा, गायनतर्फ १४ र नृत्यतर्फ १२ प्रतिभा छनोट


TOP